INLS-Israel

अन्तर्राष्टिय नेपाली साहित्य समाज

नेपालीहरु विश्वका बिभिन्न मुलुकमा पुगेका छौं तर जहाँ जहाँ पुगेपनि आफ्नो नेपाली भाषा संस्कृति र पहिचानलाई सधैं सँगै लिएर हिडेका हुन्छौं । हामीलाई जुन भाषाले आफ्ना अभिव्यक्तिहरु प्रस्तुत गर्न सिकायो, आफ्ना भावनाहरु पोख्न सिकायो त्यो नेपाली मातृभाषा र साहित्यप्रतिको प्रेमलाई एउटा निश्चित आकार दिने काम अनेसासले गरेको छ । संसारका बिभिन्न देशहरुमा अनेसासका च्याप्टरहरु छन, त्यसैमध्ये अनेसास इजरायल च्याप्टरको स्थापना सन् २००९ जनवरी २ तारिख इजरायलको तेल अभिभमा भएको हो ।

यसको स्थापना सन्दर्भमा अनेसासका ट्रस्टी होमनाथ सुबेदीले इजरायल च्याप्टर गठन र कार्यसमितिका बारेमा एउटा मिठो र सदा स्मरणीय कविता लेख्नु भएको छ ।




सानो देश छ औलैमा नाम त्यो इजरायल
नसुनेको कुनै छैन बसुधा खोल्छु फायल ।
रुख हैन शिला फल्छ सेतो बगरको छ यो
ईशाको बास हो स्थान पवित्रै भन्नुपर्छ हो ।
रोमनैले लखेटेका यहुदीहरु नै थिए
छिमेकी अरुको देश भागेर लड्न तम्सिए ।


सम्राट रोमनै लागी भागेका ती धनीहरु
विदेशमा बसी लड्दा डायास्पोरा बने बरु ।
इतिहास त्यहींको हो डायास्पोरा बनाउने
तर त्यो अर्थमा भन्दा आज अर्कै छ आउने ।
अमेरिका यहाँ कोही फर्किने छैन देशमा
तर माया सदा पोल्छ डायास्पोरा यही नयाँ ।
पेनै हुँ नबसी हिड्छु रातदिन समानले
मान्छेको जन्मको साथ आएको हुँ नि शापले ।
भेटें नेपालका दाइ जेरुसेलममा सयौँ
हट्टाकट्टा थिए गोरा सोधेँ ुनेपाल बिसर्ियौु
दिए उत्तर कट्केर “हाम्रो मक्का उही त हो
कसरी बिस्रनै सक्छौं धर्म नाश गरे भयो !”
१०
दृढता उनको लेखें डायास्पोरा यिनै त हुन्
ज्यान आप्रवासमा राख्ने आत्मा नेपालमा रहुन् ।
११
बसे पनि महा दूर मनमा याद आउँछ
नेपाल नै महा तीर्थ भाषाले पुल लाउँछ ।
१२
हिडेको म थिएँ बाटो बिरियो सोध्न लाग्दछु
न जानी बोल्न चाहे नि मुटुमा “नट” पार्दछु ।
१३
आफ्नो जस्तो कहाँ हुन्छ नेपाल देशमा हुँदा
अर्काको देशमा तल्लो जातजाति भएछु हा !
१४
प्रत्यक्ष दर्शकै मै हुँ सबको हातमा म छु
पक्षपाती छँदैछैन जस्ले जे भन्छ बक्तछु ।
१५
धनी पण्डितको देश डायास्पोरा वृहत्तर
भूमिमा रोपियो एक इजरायल च्याप्टर ।
१६
भाषा साहित्यलाई हो विश्व माझ चिनाउने
यही उद्देश्यको लागि अनेसास बनाउने ।
१७
दुई हजार पैसटठी पौष अठार “चार्टर”
बनाए यो अनेसास इजरायल च्याप्टर ।
१८
अध्यक्षमा सुनिलै छन् उपमा नवराज हे !
महासचिव थापा हुन् सचिवै हरि भै गए ।
१९
कोषाध्यक्ष बरालै हुन् सदस्यमा यी निम्न छन्
राई कार्की र पौडेल मालती नरनारी हुन् ।
२०
सल्लाहकारमा राखे दिवाकर र श्याम जुन्
माननीय थिए विद्वान् डायास्पोरा तिनै न हुन् ।
२१
रोमनैले जिते पश्चात् भागेका यहुदी लडे
स्वतन्त्र राष्ट्र पाएर यहुदी शान्तिले बसे ।
२२
जेरुसेलम मक्काको नाम जस्तै छ उच्चता
संझी नेपालको नाम जान थाल्छन् उपत्यका ।
२३
“पेन”को इतिहासै छ पीडा दर्शन गर्दछु
पीडाको भूमि ढोगेर बङ्गाली भाइ भेट्दछु ।
२४
बोलाएको थिएँ बाबा ! सुमन मन खोलन
म आएको थिएँ पैले ऐले के भेद खोलन ।
२५
युद्धको देशमा बस्छौ बुद्ध जस्ता भयङ्कर
माओवादी सुनाएर न तर्सा्ए त्यतातिर ।
२६
नयाँ वर्ष बनाएको नयाँ साहित्य सिर्जन
नयाँ नेपाल आएको डायास्पोरा चिनाउँन ।
२७
सम्मेलन गरी आज तेलअबिवमा डुब्यौं
आगो लागेर छातीमा माताको गाथमा पुग्यौं ।
२८
बिना पफ् उडी भेट्ने जहाज आजको दिन
साहित्य सिर्जना हाम्रो फैलियोस् गरी गर्जन ।
२९
पेनै हुँ जातले यौटै बसेको ठाउँमा म छु
तर देख्न न सक्नेले खोजेको पनि मै रुछु ।
३०
लुके जस्तै बसी हॆरें गाएँ यो कविता पिन
नयाँ वर्ष मनाएर बिदाबादी भएँ पनि ।
३१
धन्यवाद सभालाई गतवर्ष बिदाइमा
स्वागतै छ नयाँ वर्ष आऊ हर्षबढाइमा ।
३२
पेन हुँ जान्छु बङ्गाल यायावर म हुँ सदा
न खोज्नोस् आउने साल जान्छ त्यो फेरी सर्वदा ।
३३
कालको गतिमा बाँच्ने वा गयल भए पनि
नेपाली छातीमा राखे बाँच्नेछौं सत्य सर्वदा ।






नेपाली साहित्यको विकासमा अनेसासको भूमिका

नेपाली को हो?
विश्वको जुनसुकै कुनामा रहे बसे पनि नेपाली भाषा बोल्ने र नेपाली साहित्य, कला र संस्कृतिको अनुयायी नेपाली हो ।साहित्य के हो? लिखित होस वा अलिखित होस कुनै पनि जातिको कलात्मक अभिव्यक्ति नै साहित्य हो । विकास के हो ? नेपाली जातीको लिखित वा अलिखित कुनै पनि कलात्मक हृदयस्पर्शि अभिव्यक्तिको दायरालाई प्रशस्त गर्दै जानु नै बिकास हो । विकास किन? यो व्यापक विश्वमा लुप्त प्रायः नेपाली जातीय आत्मगौरवको पुनस्र्थापना । अन्तर्राष्ट्रिता के हो? नेपालका नागरिक मात्र नेपाली होइनन, बरु विभिन्न राष्ट्रका नेपाली भाषा भाषी सबै नेपाली हुन् भन्ने नेपाली जातीय धारणा हो अन्तर्राष्ट्रियता । समाज के हो? नेपालीको हृदयको उदगार प्रति इमानदार, सत्यनिष्ठ व्यक्तिहरुको समूह । नेपाली साहित्य समाज के हो? नेपाली साहित्य प्रति अन्तत्र्रिmया बढी भएका र त्यस प्रति आस्थावान व्यक्तिहरुको समूह नै नेपाली साहित्य समाज हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज के हो ? भूगोल, काल र राज्यका सीमा भन्दा माथि उठेर अन्तराष्ट्रिय स्तरमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिप्रति समर्पित व्यक्तिहरुको समूह नै अनेसास हो ।

अनेसासको अध्ययनका विविध पक्षहरु छन्ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार तथा पद, विभूषण तथा पारितोषिकहरु, विश्वव्यापी नेपाली शिक्षा कार्यक्रम, कविता महोत्सव, अनेसासका पुस्तक प्रकाशन र अन्तर्दृष्टि पत्रिका प्रकाशन, र ग्लोबल नेटवर्क इत्यादिका बारेमा अध्ययन गर्न सकिन्छ तर यो लेखको उद्देश्य र क्षेत्र नेपाली साहित्यको विकासमा अनेसासको भूमिकाको संक्षिप्त पर्यवेक्षण गर्नु मात्र हो । यसबारे क्यानडाबाट निक्लने एनसिएन्सीको प्रकाशन 'दियालो'ले होमनाथ सुवेदीको 'नेपाली साहित्यको विकासमा अनेसासको भूमिका' नामक एक लेख १९९६ मा छापेको छ । त्यसकै आधारका विकसित अर्को संस्करण 'अन्तर्दृष्टि' वर्ष १२, अङ्क ३, कार्तिक, मंसिर २०६१मा छापिएको थियो त्यसको होमनाथ सुवेदीद्घारा नै परिमार्जित अभिलेख हो यो ।

अनेसास स्थापनाको पृष्ठभूमि
नेपाली साहित्यिक क्रियाकलाप वाशिङ्गटन डी. सी. मा कसरी शुरु भयो? यो प्रश्न गर्दा सबैभन्दा पहिले अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी. सी.लार्ई सम्झनुपर्छ । सन १९६७ मा अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी. सी. स्थापना हुँदा यहां नेपाली धेरै थिएनन । नेपाल प्रेमी अमेरिकन ले दालभात खाने, स्लाइड हेर्ने र नेपाल भ्रमणका अनुभवहरु आदान प्रदान गर्दथे । ती अमेरिकन मध्ये कुनै कुनै अमेरिकनहरुले नेपाली भाषाका कक्षा संचालन गर्ने प्रयास गरे । तर स्वयंसेवकहरुको कमीले गर्दा सम्भव हुन सकेको थिएन । सन १९८० देखि सन १९९० सम्म प्रशस्त नेपालीहरु यहाँ भित्रिए । फलतः सन १९९१ को भए 'एएनएस' ले नेपाली भाषाको बिकाशमा सघाउ पुयाउने लक्ष्यले नेपाली भाषा समिति गठन गर्यो । यो नेपाली भाषा समितिले "Twentyfive Years of ANS" नामको डकुमेन्टरी नेपाली भाषामा तयार गर्यो । तापनि यो समिति केवल एक वर्षको लागि गठन भएको र यो सानो समितिले नेपाली भाषा र साहित्यप्रति बड्दो चाखको उद्देश्य पृुरा गर्न सम्भव थिएन । यसै बेला नेपालका केही साहित्यकारहरु अमेरिकामा पनि नेपाली साहित्यको उत्थानको लागि कुनै संस्था हुनुपर्छ भनी 'एएनएस' का तत्कालीन उपाध्यक्ष तथा नेपाली भाषा समितिका कार्यकारी अध्यक्ष होमनाथ सुबेदीसंग आग्रह गरिरहेका थिए । नेपाली भाषा र साहित्यको क्षेत्रमा अमेरिकाका नेपाली कसरी मद्दत पुराउन सक्छन त? प्रश्न त ठूलै थियो तर समाधान पनि गारो थिएन । कुरै कुरामा निष्कर्ष के निकाले भने वर्षभरी प्रकाशित भएका नेपाली साहित्यका पुस्तकमध्ये सर्वश्रेष्ठ ठहरिएको कुनै एक पुस्तकको लेखकलाई वर्षैंे यौटा अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार मात्र दिने व्यवस्था गर्न सकेपनि नेपाली साहित्यको फाँटमा अमेरिकाको ठूलो योगदान हुन सक्छ । यसै कुरालाई लक्ष्य बनाएर माथि भनिएका भित्र र बाहिरका समर्थकहरुको सहयोग लिएर नेपाली भाषा समितिका कार्यकारी अध्यक्ष होमनाथ सुबेदीबाट अनेसासको गठनको कार्य प्रारम्भ भयो । यस सन्दर्भमा बेलुका बेलुका कन्फेरेन्स कलमा बसेर नेपाल अमेरिकाको दूरीमा पनि यो संस्था स्थापनामा कार्यको लागि काम कुरा निरन्तर गरिरहने शिवप्रसाद सत्याल 'पीठ', अच्युत श्रेष्ठ र लव गाउंले अविष्मरणीय छन् । अनेसासको विस्तारको यो समाचार सन्. १९९० को दशैको विजयाताक काठमाडौमा हल्ला भो र छापियो पनि । जनवरी ११, १९९१ को दिन अच्युत श्रेष्ठको निवासस्थानमा यसको विधान परिषदको गठन भयो । संस्थापक विधान परिषद्मा डा.विष्णु पौड्याल, डा. अमर गिरी, डा.हरिहर भट्टराई, श्री शिवप्रसाद सत्याल 'पीठ', श्री राम मालाकार, श्री होमनाथ सुवेदी, श्री अच्युत श्रेष्ठ, श्री भाष्कर गिरी, श्री डिगबहादुर तामाङ्ग, श्री लव गांउले, श्री पुरु घिमिरे रहेका थिए । यो विधान परिषदले नै अब नेपाली भाषा समिति अवधि पुरा भए पछि पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा यहाँको समाज असंगठित नहुने भो भन्ने कुरो देखाइदियो । अर्को शव्दमा भन्दा नेपाली भाषा समितिले गर्ने काम र त्यो भन्दा बढी दायित्व बोकेर "अनेसास" देखापर्यो । नेपाली भाषा र साहित्यप्रति रुची हुनेहरुको लागि यो अत्यन्त खुशीको कुरा थियो ।

अनेसासको स्थापना कहिले भो ?
अनेसासको स्थापनाका सन्दर्भमा तीनवटा दिन महत्वपूर्ण छन् । १९९० को विजयादशमीमा यसको शुरुआत गरी जनवरी ११, १९९१ मा यौटा संस्थाको रुप दिई जुन २३, १९९३मा डी.सी.को कानून अनुसार दर्ता गरिएको दिन हो । डी.सी.को नियम अनुसार स्थापनाको दिन कुनलाई मान्ने यस्तो कुरामा संस्थापकहरुले जुन दिनलाई मान्ने निर्णय गर्दछन्, त्यही दिन नै डि.सी. गभर्नमेन्टलाई स्वीकार्य हुन्छ । यस सन्दर्भमा अनेसासका स्तम्भहरुले स्थापनाको लागि सबभन्दा बढी महत्वपूर्ण हुने दिन विधानपरिषद गठन भएकै दिन हुन्छ भन्ने निर्णय गरेकाले अनेसासको स्थापनाको दिन जनवरी ११,१९९१ भएको हो ।

गभर्नमेन्ट आँफ डिष्ट्रिक्ट आँफ कोलम्बियाले जून २२, १९९३मा अनेसासलाई दर्ता गर्यो । त्यसको लगत्तै पछि सेप्टेम्बर २२, १९९३ मा अमेरिकाकको आयकर विभागबाट (इन्टर्नल रेभेन्यु सर्विस्)बाट "Federal Tax Exemption" प्रदान गर््यो । फरवरी ३, १९९४ मा "D.C. Department of Finance & Revenue" बाट विक्रीकर "Sales Tax" नलाग्ने गरी State Tax Exemption स्वीकृत भयो ।

अनेसास कस्तो संस्था हो ?
अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो ।