विभाजनको रेखा र जोगी

विभाजनको रेखा र जोगी



संसारका कुना कुनामा हामी पुगेका छौं । रोज़गार व्यवसाय अध्ययन व खोज जे का लागी विदेशिएका भए पनि हामी नेपाली हौं भन्ने भावःले र राष्ट्रीयताप्रतिको प्रेमले हामीलाइ तानिरहेको हुन्छ ।प्रवासमा रहेका हामी नेपालीहरु पनि शायद यही प्रेरणाबाट प्रेरित भएर आफ्नोपन र मौलिकताको खोजीमा एउटा पृथक समाज समुदाय वा समूहको निर्माण गर्छौ र नेपाली हुनु को परिचय को खोजी गर्छों ।

यसरी प्रवास को बसाईमा विभिन्न उद्देश्य र लक्ष सहित नेपाली समुदायका साथी भाई एकताबद्ध हुनु शुभ संकेत हो, केही समय देखि इजरायल को प्रवास देखिएका बिभिन्न संघ संस्था र तिन को संख्या हेर्दा यो कालेलाइ नेपाली हरुको बिच मा पनि राम्रै राष्ट्रीय चेतनाको बिकास भएछ भन्ने भान पर्न आयो । तर त्यों भान त्यति खेर ग़लत साबित भैदियो जतिखेर यसले एउटै खालमा बसेर एउटै थालमा खाएर एउटै नालमा थुकेर हिडेका साथिहरु, अहिले तेल अभिभको भीड़मा एकले अर्को लाइ देखे पनि नदेखे जस्तो गरेर मुन्टो बटारेर हिडेको देखियो । हेरी हाले पनि खाउला जस्तो गर्ने तीरे छडके नज़रले हेरेको देख्दा दामीकाले को मन चसक्क दुखेको छ ।

एक अर्का को उद्देश्य प्राप्ति र एकताको निमित्त सहकार्य सहयोग र हातेमालो गर्नु त कता हो कता, प्रवासी प्रवासीमा आफुबीच भैसकेको सम्बन्ध समेत भत्किदै गएको अनुमान सबैले गर्न थालेका छन । साथीभाईको नाता नै टूटने र नेपाली सामाजिक एकता खल्बलिने गरि किन कोरियो बिभाजनको रेखा?

शायद हामी भित्र एउटा चेतना बिरोधि अहंकारी जोगी विद्यमान छ, जसलाई सामाजिकता पटक्कै मन पर्दैन सामाजिक संरचनाका बिभिन्न्न अंगहरु समूह र संगठन को उपस्थिति र अस्तित्व बीचको समन्वय एकता र सहकार्य मन पर्दैन । त्यों जोगी त्यही एकलकाटे जोगी हो, जसले सामूहिक मर्म बुझ्न चाहदैन र आफु आफुमा फाटो बढाउने खरानीका धर्काहरु कोरी हिड्छ ।

कलाकारको समूहले साहित्यको समूहलाई बिरोधी ठान्नु अनि कृषिको समितिले केयेरगिभरको समितिलाई वैरी देख्नु, हामी बीचको फाटो नभए के त? यो बेमेल रंग र कुचीले क्यानभाससंग दुश्मनी गर्नु जस्तै हो । हामी बीच यस्तै अमिल्दो विषयमा मतभेद भएको छ । रंग एकातिर कुची एकातिर क्यानभास अर्कोतिर । फेरी हामी सुंदर चित्रकारिताको कल्पना भने गर्न छाड़दैनौ।

बिदेशको ठाउं छोटो समयको बसाई अबधि को पूर्व को पश्चिम हामी सबै नेपाली भन्ने सोचौं एक अर्कालाई परेको बेला सहयोग गरौं र कथं कदाचित यो सोचलाई खल्बल्याउदै आफु आफैमा बिभाजनको धर्को कोर्न उद्यत अहंकारी जोगीलाइ जाग्न नदिऊ, चेतना भया !



दामी काले

Posted by INLS Israel on 12:15. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com