NRN इजरायलको चुनावी पारो

NRN इजरायलको चुनावी पारो

"कहीं नभा जात्रा हाडी गाउमा" भने जस्तै यसबेला इजरायलमा प्रवासी नेपालीको अंतर्राष्ट्रीय संजाल भनिएको "गैह्र आवासीय नेपाली संघ" नामक संस्थाको चुनावी गर्मी व्हात्तै बढेको छ, यो चुनावी गर्मीले इजरायलको तेल अभिभमा मात्र होइन,अस्किलोन जेरुसलेम देखि हाइफा तिबेरिया सम्मका नेपालीहरुलाइ रनक्कै तताएको छ ।

नतताओस पनि कसरी, NRN नामक संस्थाको मोहनी नै त्यस्तै भए पछि, हिजो त्यों संस्थाको नामै सुन्न मन नपाराउने अझ त्यतिमात्र हो र नामै नसुनेका सम्म बिभिन्न च्यानल र प्यानल बनाउदै उम्मेदवारी भिड्न तम्सिएका छन ।

त्यसो भनेर दामी कालेले सबैलाई एउटै क्यातागोरीमा दाज्न खोजेको चाहि होइन है । हिजो इजरायलको धारो, चौतारो र अपार्ट बल बैतको घर सम्मका संस्थामा काम गरेका देखि लिएर नेपालमै र अंतर्राष्ट्रीय फेम भएका संस्थामा समेत काम गरेका हैसियतवाल र प्रतिष्ठित महानुभावहरु पनि कम्मर कसेर लागेको देखिन्छ ..NRNमा ।

काले को मनमा खडके को कुरो चाही अर्कै छ । त्यों खड्को के भने चुनावी बाढ़ीले कसता खाले व्यक्तिहरु लाइ
चयन गर्ला भन्ने हो । सहमती हुन नसके पछि चुनाव त हुनै परयो । विदेश को ठाउं कामकुरो एकातिर, कताको चुनाव, कां कसले मतदान गर्ने वा कुन उम्मेदवार लाइ, कुन कसीमा राखेर कुन योग्यता र सक्षमताको आधारमा तौलिएर कुन स्तरका भोटदाताले भोटदान गर्ने ? यस् बिषयमा चाही दामी काले खूब घोरिएको छ ।

यस्सो हेर्दा बाढीले बढ़ी उमार्ने बाहेक अरु सबैलाई लाखा पखा लगाउने पक्का छ। नतीजामा पछि पर्नेहरु फेरी घोसे मुन्टो लगौदै ठुतुनो फर्काएर तर्की तर्की हिडन नपरोस, भनेर यो दामी काले सबै लाइ बेलैमा सतर्क हुने सल्लाह दिन चाहन्छ ।
जे होस "नहुनु मामा भन्दा कानो मामा वेश" भन्ने हाम्रो पुरानो उखान झै सबैको इच्छा अनुसार जसरी हुन्छ NRN बचाऊं । दामी कालेको पनि सोच यस्ते छ ।

NRN जिन्दावाद !

दामी काले

Posted by INLS Israel on 12:19. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com