छ की छैन भित्र देश

| | अनेसास इजरायल

छ की छैन भित्र देश छामी हेरे मैले
ऐना मा एउटा बदनामी हेरे मैले

तरुण जति नेटो काटी पलायन भएपछि
आइमाई र बुढाबुढी मलामी हेरे मैले

रगत को टाटो बोकी धरती त मौन रह्यो
तूफान जस्तै स्पंदन यो थामी हेरे मैले

पहिरोझैं भत्कदैछन देश हाक्ने साहस हाम्रा
खंडहर छाती भित्र "सुनामी" हेरे मैले

दियो खोज्ने आत्मा हरु दिन दिनै मरे पछि
देशैभरी दीपद्रोही सलामी हेरे मैले

Posted by INLS Israel on 08:30. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com