रगत युद्ध र मृत्यु...

| | अनेसास इजरायल




हामीले रचने ग़ज़ल को किन बिषय यस्तै हुन्छ
रगत युद्ध र मृत्यु ..... आशय यस्तै हुन्छ

सधे बस्छ डराएर पोखरीमा सानो माछा
मान्छेबिच पनि शायद परिचय यस्तै हुन्छ

शान्ति र स्वतंत्रता उड़दै गाउछन पंक्षीहरु
शिकारीको गीतको पनि यहाँ लय यस्तै हुन्छ

दर्ज़नौं हताहत सयौं घाइते सधैं युद्ध
अशांति,कोलाहल ...शायद प्रलय यस्तै हुन्छ

खै कस्लाई जीतें भन्नु कुन मनले जितें भन्नु
लाशमाथी उभिएको विजय यस्तै हुन्छ

Posted by INLS Israel on 08:17. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com