होली र पुरिम


रंगीन वसंत ऋतूको आगमन संगै आपसी मिलन र सदभावको सन्देश लिएर आउने हाम्रो एक प्रमुख उत्सव होली यसपाली पनि लोला रंग र पिचकारी खेलेर हर्षोल्लासका साथ मनाइदैछ।


holi








किम्वदंती अनुसार हिरण्यकशिपु नामक दैत्यले उनका इश्वरभक्त पुत्र प्रल्हाद लाइ मार्न अनेक उपाय रच्ने क्रममा, ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी उसकी बहिनी "होलिका" लाइ प्रल्हादलाइ लिएर दनदनी आगो बलिरहेको अग्निकुंडमा पस्न लगाउदा, उनी आफै भस्म भएकी थिइन ।





त्यही समय देखि होलिका भस्म भएको दृष्टान्त लाइ असत्य र पापको पराजयको प्रतिकको रुपमा लिई "होली" मनाउने चलन चलेको मान्यता छ यो विशेष उत्सवमा देश विदेशमा रहनु भएका सबै नेपाली हरुलाई हार्दिक शुभकामाना !!ह्याप्पी होली!


इजरायलमा होली


1



इजरायली हरु पनि होली खेल्दा रहेछन भन्ने भ्रम मा नपर्नु होला यो होली जस्तै "पुरीम" नामको एक विशेष उत्सव हो जसमा केटाकेटी हरु विभिन्न प्रकारका रंगी चंगी वस्त्र लगाएर मनाउने गर्छन, यसले पनि वसंतको आगमनको संकेत गर्छ


3

purim




Posted by INLS Israel on 10:40. Filed under , , . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com