धोका खान्न भन्ने

| | अनेसास इजरायल


गोविन्द प्रसाद उपाध्याय


धोका खान्न भन्ने लाग्थ्यो मलाई
डढेलो लागेको मन बुझाउँ कस्लाई

मुटुमा चस्केका छन् ती बाचाहरु
कोसेली बनाएर बुझाउँ कसलाई

जुतोमा पिल्सीएको बस्तु भएर
निसासिएका भावना बुझाउँ कसलाई

पानी बिनाको माछी जस्तै बनेर
तड्पीरहेका मुस्कानहरु बुझाउँ कसलाइ

सुकेको पात भएका सपनाहरु सँगै
मुर्छा परेको जीवन बुझाउँ कसलाई


Posted by INLS Israel on 08:00. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com