केही हाइकु

| | अनेसास इजरायल

कृष्ण बजगाईं



साँगुरी डाँडा
तल चिउरीबास
ठिङ्ग धरान ।

भेंडेटारमा
हुस्सुको लुकामारी
धरान हाँस्यो ।


प्रेम प्रतिक
बुढासुब्बाको बाँस
मृत्युमा पनि ।




कोशीको पानी
दैवको उपहार
ताण्डव नृत्य ।

कालो बंगुर
धराने मिठो तोङ्वा
भानुचोकमा ।

पानीको पर्व
पिण्डेश्वरको मेला
प्यासी धरान ।

धराने जोडी
भेंडेटारको हुस्सु
पर्दा लाउँछ ।

Posted by INLS Israel on 12:49. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com