गजल
इखालु रमेश गेलाल
अजम्वरी तिम्रो माया आँतभरि पिएको छु
घातलाई बन्दी बनाई बिश्वासले मन सिएको छु
दुई मुटु वारिपारि एकै धड्कन धड्कीएर
प्रीतगंगाको किनारा भई तिम्रै निम्ति खिएको छु
तिम्रो जीवन मेरो खुसी आँशु कत्ति बग्नु हुन्न
निशा जती आफु राखी उषा तिम्लाई दिएको छु
संयोगको त्यो छोटो मिलन मनभरि संगालेर
चीरमिलनको मिठो आशैआशमा जीएको छु
अजम्वरी तिम्रो माया आँतभरि पिएको छु
घातलाई बन्दी बनाई बिश्वासले मन सिएको छु ॥


