कविता

| | अनेसास इजरायल

नयन्द्र कुमार चेम्जोंग
इजरायल

कविता ! तिमी कहाँ छ्यौ ?
जीन्दगी कै अभिलाशामा
तिम्रो प्राप्तीको आशै आशामा
समर्पण त्याग र बलिदानीमा
रातहरु बेदनाले आघात बनेको छ
उज्यालो दिनहरु औशीँको रात बनेको छ ।

सुनेको थिए
हरिभक्त र अरुण थापाको समिप्यमा नी खोजे
किनकी तिमी पनि उनीहरुसंगै भट्टीमा जान्थ्यौ रे
हरिभक्तले निखारेर रित्याएका प्यालाहरुलाई नी सोधे
लखराएको स्वर निकाल्दै रौसिन्दै मात्तिन्थ्यौ रे

तर
अब हरि र अरुण यो धतीैमा रहेनन
तर कविता त ज्याद्रो रहेछ
लाग्थ्यो कविता पनि हरिभक्त संगै सती गएछ
तर उस्को पनि समकालिन थिए
सबै सिद्धिए त्यसैेले बेसाहारा भएछ ।

भट्टीवाल्नी दिदीलाई सोधे
दिदी ! कविताको हालचाल के छ
दिदी मकै पठ्कै झै पढ्की
त्यो कविता नखरमाउली हो
हरिभक्तेको रखौटी हो
मेरै भट्टीको ठर्राले त्यसलाई पट्टयाएको हो
सझे ठर्राले कविता पट्टिने
दिदी मलाई पनि दुइ ग्लास दिनु त
एक दुइ तीन गर्दै पाँच गयो
तर
कविता आएन ।

बगैचामा फुल र भमरा सँगै
भुनभुनाइ रहेको बेला
पे्रम र पे्रमिका विच पनि हुलाकी भै दिएको बेला
तिमीलाई पाउन
तेल अभिभको समुन्द्र र पार्क सम्म धाएको छु
पिङ्गको लठ्ठा झै बटारिएको इजरायली पे्रमी झै
धेरै पल्ट म पनि लठ्ठारिएको छु
तर पनि तिमि आएनौ………।


हिमालको चुचुरामा डुली हिड्ने तिमी
झरना पाखा पखेरामा भुली हिड्ने तिमी
मुनामदन जता ततै बोली हिड्ने तिमी
सिद्धि चरणको ओखलढुङ्गा रुलमली हिड्ने तिमी
तर खै
तिमी मेरोमा आउदै आएनौ ।

दैबी पिडित झुपडीको बस्तीहरुमा खोजे
बलात्कार शोषण आतँकका
मानवअधिकारवादी हस्तीहरुलाई सोधे
विदुर टुहुरा र गरिविको झुप्रोमा मात्रै हैन
सहिद परिवारमा प्रजातन्त्रका हस्तीहरुलाई साधे
तर पनि
तिमी आएनौ …………॥

इश्वरलाई सझे र प्रतिकार गरे……॥
तिमी पक्षपाती हौ पातकी हौ
असमानताका हिमायती हौ
देवकोटाको गरिविमा
खातको खात कविता दिन सक्ने तिमी
एउटा घाँसीको हसिँयामा
सिँगै राम र सिताको कथा लेख्न सक्ने तिमी
माधव घिमिरेको आशुँमा
सुन्दर गौरी जन्माउन सक्ने तिमी
ज्ााबो एउटा सानो कविता
जुराईदिन सकेनौ……………

तिम्रो प्राप्तीमा कहाँमात्रै भौतारिन
तिम्रो समर्पणमा कतिमात्रै बलिदान बनिन
कैयो आबेशका राँकाहरु जलेको छ
सैयो पे्रमपत्रहरु सहिद भै बलेको छ
कैयौ कागजका पानाहरु कोरिएका छन
मसिका डिब्बाहरु त्यतिकै फोरिएका छन्
तर पनि
जाबो दुइ हरपको कविता
फुराई दिन सकेनौ……………………॥
तर कवितामैले तिमीलाई
जसरी नी पाउनै पर्छ
नसके धर्म पुत्री सके जन्माउनै पर्छ
सामाजिक बहिस्कार नै सही

प्ारिवारिक तिरस्कार नै सही
मैले कविता पाउनै पर्छ
दुलहिकै रुपमा सिह
कवितालाई अन्भाउनै पर्छ ।

कविता तिमीलाई जन्माउन म
विबाह बन्धनमा बाधिने भएको छु
अनेशासले समागमको प्रश्ताव राख्दै
मलाई आमन्त्रण गरेको छ
सामाजिक वहिस्कार र तिरस्कारले सहिद हुँला
तर उत्तेजना मै यौनावेशमै
अनेशास संगको सहवासमा
मैले एउटा कविता जन्माएको छु
अरुका जस्ता सुन्दर त लाग्दैनन्
तर आज म कविताको वावु भएको छु
आइ लभ यु अनेशास तिमीलाई
किनकी तिम्रै पे्ररणाले आज म कवि भएको छु……………

Posted by INLS Israel on 14:34. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com