सुनकोशीको तिरमा बसी

| | अनेसास इजरायल

सुनील संगम


सुनकोशीको तिरमा बसी किन टोलाएकी
जाने गै गो हुन्देऊ भै गो किन लोलाएकी

विझाउने काडाँ हो त्यो खै कसरी फूल भयो
फूल भनी सजाए छौ त्यही तिम्रो भुल भयो
गाजलु ती परेलीलाई किन भिजाएकी
जाने गै गो हुन्देऊ भै गो किन लोलाएकी

बगी जाने पानि न हो किन फर्की आउथ्यो
झुक्याउने बानी न हॊ के को प्रीत लाउथ्यो
माया मार्ने निर्मोहीलाई किन बोलाएकी
जाने गै गो हुन्देऊ भै गो किन लोलाएकी

गीती एल्बम याद
स्वर शीव केसी
रचना संगीत सुनील संगम


Posted by INLS Israel on 03:16. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com