तिमी मेरी सपना

| | अनेसास इजरायल


आशा गुरुङ
तिमी मेरी रातकी कल्पना मात्रै हौ या दिनको पनि,
देख्छु तिमी नै वरिपरी मेरो आँखाको नानीभरी।।
साँच्चै यो मेरो भ्रम मात्र हो या वास्तबिकता,
बुझ्न सक्दिन कहिलेकाही त्यो सपनाको संसारलाई।।

लिएथेँ संकल्प कुनै दिन्,तिम्रो ठाउँमा पुग्छु भनि,
तर भएछु दासी समयको, काँडासरी बाटोभरी।।
भुलिन तैपनी तिमीलाई मात्र संगालिरहे जतन गरी सधैंभरी,
तर यो मेरो ठुलो भुल रहेछ संगाल्नु,बाँधिरहनु आँफैभित्र।।

किनकी तिमी बिनाको यात्रा मेरो सधैं रहयो अँधुरो,
हिडिरहे पनि किन हो जानिन खै केको लागि र कसको लागि।।
आँफैलाई भुले त्यो माहोलमा,बिर्सेंजस्तो जस्तो गरे तिमीलाई,
तर वास्तवमा तिमी त्यही थियौ,मेरो पर्खाइमा कुरिरहेको।।

जब मेरा आँखाहरु खुले,अगाँले तिमीलाई मेरो यात्राभरी,
अठोट गरे अब केबल तिम्रो लागि जिउनेछु जिन्दगीभरी।।
गर्नेछु प्रयास सधैं,मेरा सपनाहरु यथार्थको धरातलमा उतार्न,
हिडुँला पहाडका खोंचहरु,तरुला सयौ नदीहरु किनकी तिमी मेरो मन्जिल।।
तिमी मेरो विश्वाश सपनाको,चाहे तिमी अहिले क्षितिज पारी भएपनि,
म बाँचिरहेको हर प्रहरको प्रमाण हौ तिमी
मैले फेर्ने प्रतेक श्वासारुको आबश्यकता हौ तिमी।।

तेसैले तिमी मेरो साथ कहिल्यै नछोड्नु,म देखि टाढा कहिल्यै नभाग्नु,
किनकी तिमी मेरो जिउने आधार,मेरा हर पाइलाहरुको सार्थकता।।
लड्नेछु संघर्षका किताबहरुसँग पछी नहटी तिमीलाई पूर्ण बनाउन,
किनकी तिमी मेरी क्षेणिक सपनी मात्रै नभैइ तिमी त हौ म हुनुको यथार्थता।।




Posted by INLS Israel on 13:05. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com