बिहानी ल्याउने पुर्बतिर

| | अनेसास इजरायल

राज राई
बिर्घुटार ओखलढुंगा

सधै बिहानी ल्याउने पुर्बतिर
परिबर्तनको ज्वरभाटा हरु फेरी चल्न थाल्यो रे
धोकै धोकामा फसाईएका सोझा किराँत मािथ
सुन्दै छु आज भोली
फेरी बन्दुकले दबाउन लागियो रे


बन्दुकले बिचार ढल्दैन भन्थ्यौ उसैले
ब्याक्ति मारेर क्रान्ति मर्दैन भन्थ्यौ उसैले
तर आज आफैले
सँस्कार र सँस्कृतिको खोजीको आवाज दबाउन
आफ्नो भुमिको सम्मानमा उठेको आवाज दबाउन
पबित्र शान्तिमय किराँत भुमिमा
ओसार्दै छ रे हतियार हरु
बढाउदै छ रे सुरक्षा बल हरु

सहि अडानमा पथ्थर पगाल्ने किराँत ताकत हरु
बन्दुक र बमको जबाफ खुकुरीले दिने किराँत साहस हरु
तर के अब
झुक्लान् र कतै हतियारको साम्ने भुमि पुत्र हरु
बेफ्वाँक मा एक मुठी कसैको खान नपरोस
अनाहक मा कसै बाट एक पाईला पछाडि हट्न नपरोस
हो यहि हो किराँत परिचय
ज्यान तल माथि होला कतै आफ्नो स्वभिमान गुमाउन नपरोस

निस्कन लागे रे सुम्निमा र पारुहाङ हरु
पोलीएका मुन्दुमको खरानी खोज्न
साल्पाको कसम खाएर यलम्बरको ईतिहाँस हरु
अनि मेटिन खोजिएको किराँत अष्तित्व खोज्न
न बन्दुक न बम बारुद न खुँडा खुकुरी
हतियारको मुटु हल्लाउने उहि किराँत आँट लिएर
बोलीको पक्का स्वभिमानी किराँत हरुलाई
दिएर बिसर्िएको आस्वसन लाई सम्झाउन

सधै बिहानी ल्याउने किराँत भुमी तिर
चण्डि धान नाच र सेग्रो नाचिन लागियो रे
पोलिएको मुन्दुमको खरानी खोज्दै
यलम्बर हरुको ईतिहाँस लेखिन लागियो रे


अस्तु

Posted by INLS Israel on 15:57. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com