कहाँ फुल्न सक्नु र ? गाँठो बोकेर बाँचेका धूपि अनि सल्लाहरू !

| | अनेसास इजरायल

अशोक पार्थिव तामाङ

फुल्न नसकेका
धुपी र सल्लाहरु
हाँङ्गा भरी गाँठो बोकेर
पहाडको शिरमा
उभिएको छ ।

प्रत्येक बसन्त याममा
बनहरू ढकमक्क फुल्छ ।
उ हेरी मात्र रहन्छ,
कठै ! फुल्न सक्दैन।
कारण
उ गाँठो बोकेर बाँचेको छ।

हरेक बहारहरु छेल्न
डाँडा पाखामा उभिएर
आकाश घुमाउँदै दौउडिएको
बादलका भुँवाहरुलाई
हेर्छन् ।
आफु फुल्न नसकेका
जिबन पटाक्षेपहरु
शित सँगै भुइँमा झार्छ ।


समय फुलिसक्यो ,
उ फुल्न सकेन ।
हावाको स्पर्श
हिमाल देखिनै
किन नआवोस्
उ फुल्न सकेन ।
किन भने उ गाँठो बोकेर बाँचेको छ।

अलिकती बिगत
सम्झिन्छ ।
अलिकती बर्तमान्
सम्झिँन्छ ।
अँह !
जति सम्झिए पनि
उ कहिलै फुल्न सक्दैन ।
किनभने
समयका
अनगिन्ति गाँठाहरु
हाँगाभरी बोकेर
बाँचिरहेछ उ ।

गाँठाहरूले फुल्न दिदैंनन् उसलाइ ।
गाँठाहरूले मुस्कुराउँन दिदैंन ,
अनि उ गाँठो बोकेर
बाँच्न बिवश छ।

ति गाँठाहरु कस्ले चिरिदिन्छ र ?
प्रश्नै प्रश्नमा उ उभिएको छ ।
डाक्टर बिनाको बिरामीले
उपचार साटो मृत्यु पर्खिए झैं
उ छटपटाउँदै बाँचिरहेछ।

हामी मान्छेहरूमा पनि
थुप्रै अनगिन्ती गाँठाहरू भोग्नुपर्छ ।
दृष्य अदृष्य गाँठाहरू ,
जीन्दगी जीउँदै जाँदा
त्यसैले गाँठाहरूको मन खोलेर
विरोध गर्नुपर्छ,
गाँठाहरूलाइ चिरफार गर्नैपर्छ,
गाँठो भित्र कुहिइएका पिपहरू होलान्।
शंकाहरूको कब्जियत होलान्।
त्यसैले
प्रत्येक गाँठोहरूको
जहिसुकै भएनि
हामीले
एकजुट भएर असहमति गर्नुपर्छ।
नत्र धुपी र सल्लाका बोटहरू झैं
गाँठै गाँठा बोकेर
बाँच्नुको के आनन्द आउँछर ?


तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

Posted by INLS Israel on 09:41. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com