गोधुँलीहरू नफुले पछि ......?

| | अनेसास इजरायल

- अशोक पार्थिव तामाङ


गोधुँलीहरु नफुले पछि
आज भोली
गौथँलीहरुले गाउँन छाडेका छन् ।

आकाशहरु उदास देखिन्छन् ।
बिरामी भएर
थला परेको
मान्छे झैं ।
बिचरा ! गौथँलीहरू
चिरबिराउँन् पनि कसरी ?
अशान्ति
मच्चिएको मच्चिएकै छ
हावापानी प्रतिकुल छ
तुफान उस्तै छ
बरू
छोपिन्छन् तिनीहरूकै मट्टेरोभित्र
टाउका मात्र पुलुक्क बाहिर निकाल्दै ।

यो
तिमीले पड्काएका पिस्तोलका
आवाजहरुले
गौथँलीहरु आकाशमा
उड्नै मान्दैनन्
यो साँझ
मनोहरतामा छलाँङग् मार्दै
आकाशभरी गौथँलीहरु
देखिइँनुपर्थ्यो ,
चिर्बिराउँनुपर्थ्यो ,
आकाश ढाकेर

तर
त्यसो हुन सकिरहेको छैन
किनभने ति
गोधुँली फुलाउँने गौथँलीहरु
लाखा पाखा लागेर सिमा काटी सकेहोलान्
थुप्रै गोधुँलीहरू नफुले पछि
थुप्रै गौथलीहरु नचिरबिराए पछि ।

प्रत्येक दिन
गोधुँली आउँछ अनि जाँन्छ मात्र
तर
नफुली नफुली
किनभने
क्षितिजमा
बारुदको कोलाहल छ ।
अनि सुनसान देखिएको छ हरेक साँझहरु ।

पखेटा हुनेहरु उड्दै उड्दै
अस्ट्रेलिया , यु के , जापान , अमेरिका ,कोरिया ,दुबइ ,इजरायल ,सिंगापुर ,
बेल्जियम ,पोर्चुगल ,नेदरल्यान्ड ,साउदी ,मलेसिया ,कतार , हङकङ
संसारका टापु टापुमा पुगेका छन्
कति कति
आफ्नै मट्टेरोमा बाँचिरहेका हुनसक्छन्
गोधुँलीहरु नफुले पछि
गाउँने भाकाहरू भुलिसके होलान्
यि पंक्षीहरूले
त्यसैले गोधुँली फुलाउँनुपर्छ
जसो तसो भए पनि।

पानी पारेर फुलाउँनु पर्छ ,
इन्द्रेणी झारेर फुलाउँनु पर्छ ,
गोधुँली गौथलीहरुकै लागी भएनि फुलाउँनुपर्छ ।
अब ति सबै गौथलीहरूलाइ डाक्नुपर्छ
फर्काउँनुपर्छ ति हुलका हुल गौथँलीहरूलाइ
गौथँली बिनाको गोधुँली फुल्नै सक्दैन ,
बिना गौथलीको गोधुँली सुहाउँदै सुहाउँन्न।

गौथँली उडेको आकाश
रंग भरे जस्तो हुन्छ ।
गौथँलीहरु बसेको धरती
ढंग मिले जस्तो हुन्छ ।।
त्यसैले गोधुँली
गौथँलीहरुकै लागी
भएनि फुलाउँनु पर्छ।



तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

नोटः मट्टेरो = माटोको घर , यहाँ गौथलीको बास स्थानलाइ लक्ष्यित्

Posted by INLS Israel on 01:59. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com