कती जीउँ उधारोमा रित्तो जीन्दगानी ।
- अशोक पार्थिव तामाङ
कती जीउँ उधारोमा रित्तो जीन्दगानी ।
लैजाउ बरू लिलाम गरी मेरो जीन्दगानी ।।
हिरामोती केहि छैन धनै हेर्नेभए
कुबेर भन्दा कमि छुँइन मनै हेर्नेभए
कस्तो माया खोजेकि छौ नम्वरी छ बानी ।
सागर जस्तै माया दिन्छु मन सङ्लो पानी ।।
दुःख छेक्छु यो छातीले पहाडले जस्तै
भाग्य लेख्छु म आँफैले बिधाताले जस्तै
कस्तो मन खोजेकि हो भन रूपकि रानी ।
लेख्न पाए हुन्थ्योकी हाम्रो प्रेम कहानी ।।
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )


