छोड रेडिमेड सोचहरू ।
- अशोक पार्थिव तामाङ
हेरन !
आज भोली
जमाना रेडिमेड ।
जुत्ता , टोपी , भेस्ट , कट्टु
झोला ,फरिया,चोली
जे खोजेनि हुने
जमाना रेडिमेड ।
दु:ख गर्नु नपर्ने
जस्तो खोज्यो
तेस्तै पाइने
जमाना रेडिमेड ।
हुँदा हुँदा
देश पनि
रेडिमेड ।
खोज्नेरे !
सिङापुर जस्तो
जापान जस्तो ।
अब
प्रश्न गर्न मन लागेको छ ।
यि बाङगो जिब्रेहरुलाई ।
निउन्टनले घडीको आबिस्कार ।
कोलम्बसले अहिलेको अमेरिका ।
विल्भर र ओर्भिल राइटले
अहिलेको हवाइजहाज ।
रेडिमेड सोचेर पाएका हुन त ?
होइन भने छोड
तिम्रो दिमागको
परजिबी जिबाणु ।
अनि तिम्रो
खुँइलेको टाउको
भित्रको
कुहिएको
मस्तिस्कको जाली
टकटकाएर हेर ।
अनी सफा
दिमागका भित्ताहरुबाट
सफा ध्वनि निस्किएर
खोज्नेछैनौ
रेडिमेड जिन्दगीहरु ।
रेडिमेड देशहरु ।
रेडिमेड परिवेशहरू ।
बरु
बनाउँ अघि सरेर तिमी
सुन्दर देशहरु ।
आफ्नै किसिमको डायमिटर
लम्वाइ, उचाँइ राखेर।
रेडिमेड सपना हुनै सक्दैन ।
रेडिमेड बिकास हुनै सक्दैन ।
रेडिमेड जीवन हुँदै हुँदैन ।
त्यसैले
छाड रेडिमेड सोचहरू ।
बरू
अघि बढाउ
तिम्रा हात
अनि पाइँतालाहरू ।
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )


