मेरी आमा

| | अनेसास इजरायल




-अशोक पार्थिव तामाङ

मध्यरातको सन्नाँटा सित
रहरहरूको कपास फुलाउँछु
अनि स्मृति भरी
मेरो देशको रोएको अनुहार
सम्झिँन्छु
मेरी आमा.................।

हिउँदे सिरेटोले लुगलुग पार्दा
डोकोमा खाजासामल बोकी
कठ्याङग्रिने हुस्सुहरूमा
मेलापातमा सामेल हुँने
इमान्दार सिपाही
मेरी आमा.................।

भाँडाभरीका मल्खुहरू
सन्तानलाइ खुवाएर
भोको पेटमै जीवन धान्ने
ग्याँस्ट्रिकले पिडित्
मेरी आमा...............।

जीवनलाइ जीउँनखोज्ने
सपना देख्नुपर्छ भन्ने
मृत्यसँग नडराउँने
आदर्शबादी मान्छे
मेरी आमा..............।

अनुहारभरी समयको चाउरी बोकेर
फुक्लिएको दाँतमा संसार टिपी हाँस्ने
अपठित बुद्द
मेरी आमा.....................।

हिमपातसँग दोहोरी खेल्दै
जुनेलीझाँङमा बैंस रोप्ने
प्रेमिका हुँन्
मेरी आमा.....................।

भञ्ज्याङ ,साँगुरी गोरेटो टेक्दै
जीवनको जूनतारा गन्न सक्ने
कल्पनाको पाइथागोरस
मेरी आमा.....................।

ममताको बत्ती बालिरहने
कुनै मन्दिरको घण्टी झैं बजिरहने
पवित्र छायाँ
मेरी आमा.....................।

साधुको देशमा खरानी भइ
निधार छोएर परिवर्तन् बोल्ने
भिखारीको खाजा
मेरी आमा.....................।

युग पछार्ने तन्नेरी जन्माउँने
युग चलाउँने चालक बनाउँने
युगान्तकारी आशिष
मेरी आमा....................।

चेतनाको घाम जून खेती गर्ने
अभिलाषाको एउटा बक्राकृति
अमुर्त संभावना
मेरी आमा....................।



तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

Posted by INLS Israel on 14:15. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com