तिमीसँग जीवन

| | अनेसास इजरायल

हरि मानन्धर “विवश”

जिउँदिन भन्छु म, तिमीसँग जीवन ।
हुँदिन भन्छु म, तिमीसँग जीवन ।।

बाध्यताले मात्रै, कहाँ नै हुन्छ र,
रूँदिन भन्छु म, तिमीसँग जीवन ।

काल्पनिकताले, मस्तिष्क भित्र,
छुदिन भन्छु म, तिमीसँग जीवन ।

धर्मको नाममा, पखालेर पाप,
धुँदिन भन्छु म, तिमीसँग जीवन ।

विवशको लागि, सहाराको नशा
पिउँदिन भन्छु म, तिमीसँग जीवन ।

क्याक्मी – ९, स्याङजा (हाल इजरायल)

Posted by INLS Israel on 07:08. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com