गजल

| | अनेसास इजरायल

गजल

जानी जानी रुन्छ मान्छे
अनि एक्लै हुन्छ मान्छे

जसो तसो बाँचे पनि
व्यथा भित्रै थुन्छ मान्छे

आफ्नो स्वार्थ पुरा गर्न
जालै जाल बुन्छ मान्छे

फुलोस् फलोस् भने पनि
अर्कै अर्कै सुन्छ मान्छे

भगवती बस्नेत
काठमाडाै,बल्खु




Posted by INLS Israel on 01:01. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com