गजल

| | अनेसास इजरायल












गजल

आयो देशमा लहर र आँफै ढल्कियो फेरि
पुरानै पाराको अशान्ती अझै  बल्झियो फेरि

थिल्थिलो बने है जनता अस्तब्यस्त देशमा
महङ्गीको मार उग्र भो अझै थल्लियो फेरि

न त छ यहाँ रोजगारी न परिवर्तन नै
भोकमरीकै चपेटामा आँशु छल्कियो फेरि

विश्वाश भएन कसैको इन्तु न चिन्तु देखें
आश सबै निरस भयो मुटु बल्कियो फेरि

भगवती बस्नेत


Posted by INLS Israel on 10:07. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com