अनेसास इजरायल च्याप्टरद्वारा १९८औं भानुजयन्ती सम्पन्न
अनेसास इजरायल
२३ जुलाइ, २०११

कार्यक्रममा पाल्नुहुने सम्पूर्ण साहित्यिक मनहरूलाई अनेसास इजरायल च्याप्टरकि कार्यकारी सदस्य सुमित्रा पौडेल ज्यूबाट स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथिको तर्फबाट बोल्दै अनेसास केन्द्रिय सचिव हरि मानन्धरले भानुभक्तले नेपाली भाषा, साहित्य र सँस्कृतिमा दिनुभएको अतुलनीय योगदानका कारण नै हामी विदेशी भूमिमा बसेर पनि नेपाली भाषा र साहित्यका उत्थानका लागि कलम चलाईरकहेका छौ भन्नुभयो । त्यस्तै अतिथिका तर्फबाट बरिष्ठ सल्लाहकार स्याम रोक्का ज्यूले पनि भानुभक्तको योगदानले हामीलाइ सिर्जनशीलतामा लाग्न हौस्याईरहेको बताउनु भयो । यसै क्रममा बोल्दै दिप्स शाहले पनि भानुभक्तको साहित्य र भाषामा दिनुभएको योगदानको कदर हामी नयाँ पिँढीका साहित्यिक मनहरूले गरिरहनु पर्ने र तिनै भाषा साहित्यमा सदैव लागिरहनु पर्ने कुरामा जोड दिनुभयो ।

२३ जुलाइ, २०११

१९८ औं भानुजयन्तीको अवसरमा इजरायलको तेलअभिभमा अनेसास इजरायल च्याप्टरद्वारा एक कार्यक्रम गरियो । उक्त भानु जयन्ती कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो भने पहिलो औपचारिक कार्यक्रम अन्तर्गत इजरायलमा कर्मथलो बनाएर रहदै आउनुभएका थुप्रै साहित्यिक मनहरूको जमघटमा सम्पन्न उक्त कार्यक्रममा अनेसास इजरायल च्याप्टरका उपाध्यक्ष शंकर कुमार पौडेल ज्यूको सभापतित्व रहेको थियो भने अनेसास केन्द्रिय सचिव हरि मानन्धरको प्रमुख आतिथ्य र अनेसास इजरायल च्याप्टरकै वरिष्ठ सल्लाहकार श्री स्याम रोक्का ज्यू को आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम नेपाली राष्ट्रिय गीतबाट शुरू गरिएको थियो भने भानुभक्तको तस्वीरमा अवीरटिका तथा फूलमाला समर्पण गरिएको समेत थियो ।
कार्यक्रममा पाल्नुहुने सम्पूर्ण साहित्यिक मनहरूलाई अनेसास इजरायल च्याप्टरकि कार्यकारी सदस्य सुमित्रा पौडेल ज्यूबाट स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथिको तर्फबाट बोल्दै अनेसास केन्द्रिय सचिव हरि मानन्धरले भानुभक्तले नेपाली भाषा, साहित्य र सँस्कृतिमा दिनुभएको अतुलनीय योगदानका कारण नै हामी विदेशी भूमिमा बसेर पनि नेपाली भाषा र साहित्यका उत्थानका लागि कलम चलाईरकहेका छौ भन्नुभयो । त्यस्तै अतिथिका तर्फबाट बरिष्ठ सल्लाहकार स्याम रोक्का ज्यूले पनि भानुभक्तको योगदानले हामीलाइ सिर्जनशीलतामा लाग्न हौस्याईरहेको बताउनु भयो । यसै क्रममा बोल्दै दिप्स शाहले पनि भानुभक्तको साहित्य र भाषामा दिनुभएको योगदानको कदर हामी नयाँ पिँढीका साहित्यिक मनहरूले गरिरहनु पर्ने र तिनै भाषा साहित्यमा सदैव लागिरहनु पर्ने कुरामा जोड दिनुभयो ।कार्यक्रमको अन्ततिर अनेसास इजरायल च्याप्टरकि कार्यकारी सदस्य सुशीला थापाको क्यानडा प्रस्थान हुदै गरेको अवसरमा अनेसास इजरायल च्याप्टरका तर्फबाट थुप्रै बधाई र शुभकामनाहरूले उहाँलाइ विदाई गरियो । भने कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति श्री शंकर कुमार पौडेलज्यूले भानुभक्तका तिनै योगदानहरूलाई अवस्मरणीय बनाउन यस्ता कार्यक्रमहरूले महान भूमिका खेल्ने कुरामा जोड दिदै पहिलो औपचारिक कार्यक्रमको विसर्जन गर्नुभयो ।

भानुजयन्ती कार्यक्रमको दोश्रो खण्डमा रहेको अनौपचारिक कार्यक्रममा भेलामा सहभागी केहि साहित्यिक मनहरूले आफुहरूले ल्याउनुभएको गीत, गजल र कविताहरू बाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा सिर्जना बाचन गर्नुहुनेहरूमा सुमन कार्की (गीत, गजल), हरि मानन्धर (गजल), सुमित्रा पौडेल (कविता), दिप्स शाह (गीत), भगवती कनेल (गजल), स्याम रोक्का (गजल), शंकर कुमार पौडेल (गजल), हरि अधिकारी(कविता), डिल्ली वाग्ले (कविता) रहेको थियो ।
आजको उक्त कार्यक्रममा इजरायलको भूमिमा रहेका साहित्यिक मनहरूमा मधुर आवाजको जादु छर्दै अनेसास इजरायल च्याप्टरका कोषाध्यक्ष श्री सुमन कार्की ज्यूले उदघोषण गर्नु भएको थियो ।
कार्यक्रम अवधिमा अनेसास इजरायल च्याप्टरका बरिष्ठ सल्लाहकार तथा कार्यक्रमका अतिथि स्याम रोक्का ज्यूबाट समय मिलाएर अति आकर्षक फोटो क्याप्चर गर्न भ्याउनुभएको थियो ।



