बुढी आमालाई युद्दले दिएको घाउ I
अँधेरी रात थियो, जुन्किरीहरु तंछाड मछाड गर्दै पिल पिल बत्ति बालेर उँडिरहेका थिए | सुनसान सन्नाटा लाइ चिर्दै बेला बेला झ्याउँकिरी हरु कानै खाने गरी कराउँथे अनि सिरिसिरी बतास चल्दा मकैको पातले पनि संगीतको धुन बजाए झैं भान हुन्थ्यो | पुरै गाउँ निदाएर चकमन्न थियो तर सरीतार उत्तमको आमा मात्र निदाएका थिएनन् | सरीता ढोका तिर हेर्दै बत्ति कातिरहेकीथिइन | निकै बेर पछि उत्तमकी आमा ले सरीता लाइ भनिन् ,"हेर दुलही काम मा गएको मान्छे कतिखेर आउने हो उसलाई कुरेर साध्य हुँदैन ,यसरी भोकै नबस जाउ खाना खाएर सुत,"सासुको कुरा सुने पछि सरीता ले भनिन् ," टाढा जानु भएको होइन आइहाल्नु हुन्छनी बरु हजुर सुत्नुस म वहाँलाइ कुर्छु "|
चकमन्न रात बेला बेला कुकुर भुकेको मात्र सुनिन्थियो | यत्तिका बेला साम्म उत्तम घर नआउँदा सरीताको मनमा चिसो पस्न थालेको थियो | काल जमाना पनि ठिक छैन किन यसरी राती-राती काम गर्नु परेको होला ,अब उप्रान्त म वाहाँ लाइ यसरी राती सम्म काम गर्न दिन्न बरु कमाइ नभए पनि नहोस , भनेर मनमा अनेक कुरा खेलाउँदै उत्तमको बाटो हेरिरहेको थिइन तर उत्तमको भने अझै अत्तो पत्तो थिएन | सरीता र उत्तम एक आदर्स जोडी थिए | उनि हरु एक अर्कालाई धेरै मायाँ गर्थे| उत्तमले ठेक्कामा खेति गरेको थियो त्यसैले उ दिलो ज्यान दिएर खेतीको काम मा लागेको थियो | उसको पानीको पालो रातीको परेकोले पानी लागाउन खेत गएकोथियो | उसले रोपेको खेत घर देखि करीब बिस मिनेटको दुरीमा थियो | निस्पट्ट अँध्यारोमा सानु टर्चको सहायताले खेतमा पानी लगाएर पुरै गरापानीले भरिएपछि समाहा मिलाएर उत्तम रातको एक बजे तिर घर फर्कंदै थियो त्यहि बेला उसले अलिक पर मान्छे हरु गुन गुन गरेको आवाज सुन्यो त्यसैले उसलाई कता काता डर लागेर आयो र उ छिटो छिटो हिंड्न थाल्यो | ती मान्छे हरु हुल बाँधेरउसकै पछि पछि आए जस्तो लागेर उ झन् दौडन थाल्यो | बिचरा सास न वास हुँदै बल्ल घर आइपुग्यो र ढोका ढकढकायो | उसलाई कुरेर बसेकी सरीताले पनि झट्टै ढोका खोलिन तर ढोका बन्द गर्न नपाउँदै एक हुल मान्छे घर भित्र पसे | बत्तिको उज्यालोले हेर्दा पो थाहा भयो उनि हरु त नेपाली सेना रहेछन | तिनीहरुले उत्तम लाइ पाखुरामा समाएर लाछ्छार पछ्छार पार्दै " काहाँ मिटिंग बसेर आइस ,तँ देसको सत्रु माओबादी लाइ यहीं मार्छौं होइन भने कुन ठाउँ मा मिटिंग बसेर आइस त्यो ठाउँ को बारे हामीलाई बता| बिचरा उत्तम डरले काम्दै," हजुर म खेतमा पानी लगाएर आउँदैछुबिस्वास गर्नुस म माओ बादी होइन भनि रहेको थियो "| त्यो अकल्पनीय दृश्य देखेर सरीता रुन थालिन | घरमा खल्ली बल्ली सुनेकोले उत्तमकी आमा पनि ब्युँझिएर आइन र यो के गरेको तिमीहरुले कुरै नबुझी भन्दै छोरालाई उनीहरुको हात बाट छुटाउन गइन तर एउटा सेनाले बुढी आमालाई तिमि उता जाउ भन्दै धकेलिदियो ,बिचरा तागत नभएकोले बुढी आमा भुइँमा ढलिन | उनि भुइँ बाट उठ्न नपाउँदै सेनाले उत्तम लाइ बाहिर आँगनमा लगेर गोलि हानी मारिदिए |
सन्तान मर्दा मर्दा बल्ल बाँचेका दुई छोरा हरुलाई उत्तमकी आमाले धेरै दुख गरेर हुर्काएकी थिइन | पाहाड बाट मधेश झर्दा चिचिला छोराहरु उत्तम र रमेश लाइ डोकोमा बोकेर ल्याएकी थिइन |उत्तमका बाबाले झोडा फाँडेर एउटा सानो छाप्रो बनाएका थिए |त्यहि छाप्रो मा नाबालक छोरा हरु संग उनलाई एक्लै छोडेर आरा काट्न भनि बुढा मान्छे असाम गएका थिए तर एक वर्ष पछि आरा काट्दा काट्दै मुढाले किचेर उतै मरेको खबर आयो | त्यस पछि दुई छोरा हरु हुर्काउन उनलाई धेरै गारो भयो त्यही भएर ठुलो छोरा उत्तमले चाहिं पढ्न सकेन , घरको गर्जो टार्न आमालाई सघाउने गर्थ्यो |आफुले पढ्न नपाए पनि उत्तमलेभाइ रमेश लाइ भने पढाएको थियो | रमेश ले एस एल सी पास गरेर बिराटनगरमा केटा केटीलाई ट्युशन पढाउँदै कलेज पढ्न थालेको थियो | उत्तमकी दुखियारी आमालाई अलिकति मात्र भए पनि सुखको दिन आउन लागेको थियो तर देश र जनताको सुरक्षाको जिम्मा लिएका हरुलेनै उनको आँखा अगाडि जवान छोरालाई मारिदिएर बिहे गरेको चार महिनामै बुहारी सरीतालाई त्यो रहर लाग्दो कलिलो उमेरमा बिधवा बनाइदिए अनि सरीताको गर्भमा हुर्कंदै गरेको बच्चालाई पनि गर्भे टुहुरो बनाइदिए | एक जना छिमेकी ले चोक बाट फोन गरेर घरमा परेको आपतको खबर रमेश लाइ सुनाए | सपनामा पनि नसोचेको कुरा दाजु मरेको खबर ले रमेश विछिप्त भयो | घर आइपुग्दा एकातिर आमा बेहोश र अर्कोतिर भाउजुको बेहाल देख्यो | डर ले होला गाउँका धेरै मान्छे हरु त्यहाँ आएका थिएनन् मात्र दुई-चार जना छिमेकीले उत्तमको लास लाइ रुंघेर बसेका थिए |
तिनै छिमेकीको सहयोगमा दाजुको दाहा संस्कार गरेर रमेश घाट बाट घर फर्कियो | रमेशको टाउको मा अब दुखको पाहाडले थिचेको थियो | एकातिर आमा र भाउजुको जिम्मेवारी अनि अर्को तिर पढाई थियो त्यसैले उ दोधारमा परेर केहि सोच्न सकिरहेकोथिएन | आज भोली भन्दा भन्दै उत्तमको काम सकिएको पनि महिना दिन भैसकेको थियो | रमेश भने कसै संग केहि नबोली त्यसै टोलाएर बसिरहन्थियो| रमेशको त्यो अबस्था देखेर आफ्नो मनलाई दरो बनाउँदै उसको आमाले उसलाई भनिन् " बाबु तिम्रोपढाई धेरै छुटीसक्यो अब तिमीलेपढ्न जानु पर्छ आखिर पिर गरेर मात्र केनै हुन्छर ,यस्तै रैछ बाबु हाम्रो भाग्य " आमाको कुरा सुनिसके पछि पनि उ निकै बेर चुपलागेर बस्यो | धेरै बेरको सोचाई पछि कलेज नगएर घरमै बस्ने निर्णय गरेको कुरा रमेशले आमालाई सुनायो तर आमाले र भाउजु सरीताले उस्को प्रस्ताब लाइ स्वीकारेनन र जसरी तसरी उनीहरु आफैंले घर अनि खेति सम्हाल्ने हिम्मत राखेर रमेशलाई कलेज जान अनुरोध गरे त्यसैले रमेश फेरी कलेज गयो | अब भने घरमाशुन्यता र अन्धकार संगै बिपत्ति मात्र छाएको थियो | उँड्दा उँड्दै धागो चुंडिएर कतै बुट्यानामा अल्झिएको चंगा जस्तै भयो सरीताको जिन्दगी| जति सुकै विछिप्त भए पनि गर्भको बच्चाको लागि उनले बाँच्नु थियो त्यसैले सकी नसकी खेतीको काम सम्हाल्न थालिन | भने जस्तो स्याहार संहार नपुगेर होला जति फल्नु पर्ने थियो त्यति धान फलेन | साहुलाई बुझाउँदा ठिक्क भयो | एक महिना पनि खान नपुग्ने अन्न मात्र घर भित्रियो | दुखेसो गर्दा गर्दै सातौँ महिना बितिसकेछ | सरीताको छोरी जन्मी ,सन्तानको जिम्मेवारी संगै उनको अगाडि सिंगै जीवन एउटा मरुभूमि पाहाड बनेर उभिएको थियो | रमेशले धेरै दुख गरेर अलि अलि पैसा घर पठाउँथे र त्यहि पैसाले जेन तेन घर चलिरहेको थियो |
दु:खले पनि जाहाँ धेर त्यहिँ हेर भने जस्तै गर्दो रहेछ| सरीता र उनको सासु माथि फेरी अर्को बज्रापात हुन गयो | आखिर जस्तो परे पनि मान्छेले सहनु नै पर्दो रहेछ | एउटा दियो निभे पनि अर्को दियोले घरमा धिप-धिपे उज्यालो दिईरहेको थियो तर त्यो दियो पनि अनायासै नसोचेको हुरीले सदाको लागि निभाइदियो| भतिजीको मुख हेर्नलाई बल्ल तल्ल फुर्सद मिलाएर घर जान भनि रमेशबस चढ्यो | घर पुग्न लाइ गाडी बाट ओर्लेर करीब आधा घण्टा जंगलको बाटो हिंड्नु पर्थ्यो | रमेश ओर्लने स्टेशनमा पुग्दा रातिको दस बजिसकेको थियो | त्यो बाटोमा राती हिंड्न डर हुने भएकोले उ छिट्टो छिट्टो हिंडिरहेको थियो | घर पुग्न लाग्दा केहि जमातले पख पख भनेको सुनेर रमेशको हंसले ठाउँ छोडे जस्तै भयो त्यस्सैले उ दौडन थाल्यो र ती मान्छे हरु पनि उसकै पछि पछि आए|घरको आँगनमा पुगेर अत्तालिंदै रमेशले गुहार भनेर करायो | उसको गुहार सब्दले झस्किएर आमा र सरीता बाहिर निस्कँदा उनीहरुले भया भय दृश्य देखे त्यो देखेर बिचरा हरुको सात्तो गयो | त्यति बेला ती मान्छे हरु संग हात जोडेर रमेशले भनिरहेको थियो " बिस्वाश गर्नुस म नेपाली सेनाको सुराकी होइन " तर ती राक्षसी मन भएका हरुले रमेशको कुरालाई पत्याएनन र तँ सुराकी नभए किन यसरी राती घर आउँथिस भन्दै उसलाई बन्दुकको कुन्जाले हिर्काउन थाले | रमेशले सुराकी गरेको छैन उसलाई छोडिदिनुस भन्दै आमा र सरीताले पनि उनीहरु संग धेरै बिन्ति गरे पनि उनीहरुको ढुंगा जस्तो मुटु पग्लिएन | अन्त्यमा रमेशलाई तँ हाम्रो लागि खतरा बन्न सक्छस त्यसैले तैंले यो संसार छोड्नै पर्छ भन्दै गोलि हाने रमेश आँगनमा ढल्यो अनि रमेशको बुढी आमा पनि बेहोस भईन त्यतिखेर कठैबरा सरीताले रुँदै र चिच्याउँदै गुहार मागिन तर गाउँले हरु कोहि पनि डरले त्याहाँ आएनन्| भोलि बिहान एक जना छिमेकीले प्रहरी लिएर आए | प्रहरीले सोधपुछ गरिसके पछि लास उठाउन अनुमति दिए त्यस पछि गाउँलेहरुले नै रमेशको दाहा संस्कार गरे |
अबत सरीताको जिन्दगीझन् दल दलमा भासियो | घरको छानो पनि मक्किएर चुहिन थालेको थियो | दस महिना भित्रमा दुई छोराको मृत्युले सरिताकी सासुलाई रोगि बनाएको थियो | यस्तो बिपत्तिको भारि पिठ्युमा बोक्दै दुधे बालख छोरीलाई घरमै छोडेर सरीता दिन भरी बनि गर्न जान्थिन | कहिले नानी बिमारी पर्ने कहिले सासु बिमारी पर्ने फेरी काम नगरी हात मुख जोर्ने सम्भ नै थिएन त्यसैले सरीतालाई अतिनै सास्ती भैरहेको थियो | त्यति मात्र नभएर उनको रुप र एक्लो पनमा गिद्द्दे नजर लाउने हरु पनि कम थिएनन् , जुन कुराले उनि धेरै विछिप्त हुने गर्थिन | यति धेरै समस्याको भुमरीमा रुमलिंदा रुमलिंदै सरिताकी छोरी पनि दुई बर्षकी भइसकेकीथिइ | छोरीको अनुहारबाबाको जस्तै थियो त्यसैले काम बाट फुर्सद भएपछी श्रीमानको सम्झनामा त्यो छोरीलाई सुम्सुम्याउँदै मन भरी रुने गर्थिन | यसो गर्दा गर्दै सरीता धेरै सिथिल भईसकेकी थिइन | उनलाई निकै मलिन र गलेको देखेर उनको सासुले भनिन् " दुलही तिमि बिरामी छौ एक दुई दिन आराम गर जे होला होला ज्यान रहे सबै हुन्छ " सरीताले केहि उत्तर दिईनन| नभन्दै सरीतालाई ज्वरोले थला पारिसकेको थियो | पैसा नभएकोले उपचार गर्न सकेकी थिइनन् | उनलाई बिमारले दिन दिनै झन् च्याप्दै गएकोथियो त्यसैले सरिताकी सासु सकी नसकी साहुकोमा ऋण माग्न गईन तर पैसा मात्र चिनेको साहुले बिचरी बुढी मान्छे लाइ रीत्तो हात फर्काइदियो | रोगले थिचेको बुढो सरीर लिएर छिमेकी हरु संग गुहार मागिन त्यहाँ पनि एक दुई जना छिमेकीले भन्दा बाहेक अरुले सहायताको बदला उनको समस्यालाई रमिता मानेर हेरे | बिचरी सरीतालाई टाईफाईट भएको रहेछ,बेलैमा उपचार गर्न नसकेकोले दुई बर्षकी बालाख छोरी छोडेर सरीताको प्राण पखेरु पनि यो संसार बाट उँडेर गयो | उनको काज क्रिया गर्न लाइ घरमा केहि पनि थिएन | दुई छोराको शोकले गर्दा सरिताकी सासुको आँखामा आँसु सुकिसकेको थियो त्यसैले नातिनीलाई च्यापेर सरीताको लास लाइ टुलु टुलु हेरीरहेकी थिइन | एकछिन पछि एक जना छिमेकी आइपुगिन जस्ले सरीतालाई असाध्य मायाँ गर्थिन तर उनि पनि दुखियारी नै थिइन त्यसैले चाहेर पनि सरीतालाइ भने जति सहयोग गर्न नसकेकोमा गुनासो गर्दै उनले सरीताको सासुको काख बाट त्यो अभागी बच्चालाइ लिएर स्वर्गको बास होस् सरीता तिम्रो भन्दै रुन थालिन |
उनको कुरा सुनेर सरिताकी सासुले "भनिन् हो बा हो मेरी दुलहीको स्वर्गकै बास हुन्छ ,उनले कसैको केहि बिगारेकी छैनन् ,सारै गुणी र सोझी थिइन ,सबैको भलो चिताउने अनि औधि नै दयालु पनि थिइन " अब चाहिं भक्कानिदै भनिन् " दुलही जाउ बा जाउ राम्ररी जाउ ,खोल्सा खोल्सी तर्दा काँडाले बाटो छेक्यो भने पन्छाउँदै जाउ | यति सानी छोरी मेरो काखमा सुम्पेर तिमीले दुखै लुकायौ | म बुढीले केपो गर्नु होला अब, तिमि त भाग्यमानी रहिछौ त्यसैले यो संसारीक मोह बाट मुक्ति पायौ "| यो हाम्रो समाजको संस्कार पनि कस्तो अचम्मको हो ,जिउँदो छउन्जेल आंग ढाक्न एकजोर गतिलो कपडा भएन तर डढाएर फाल्ने कात्रो चाहिं नयाँ चाहिने अरे | आज यो अन्त्यस्ठीको लागि चंदा दिनेले हिजो त्यहिँ पैसा सापट्टी दिएको भए मेरी बुहारी बाँच्ने थिइन | यो बालख अनाथ र मेरो यो हबिगत हुने थिएन | म अभागीले अझै कस्तो कस्तो दिन देख्नु पर्ने हो र यो अबस्था सम्म बाँचिरहेकीछु | अब यो बालाख लाइ कसले उद्दार गर्ला भन्दै बुढी आमालेलासमा फुल अबिर चढाएर सरीतालाई सदाको लागि बिदा गरिन र नातिनीलाई काखीमा च्यापेर धर्खरिंदै घर भित्र गइन |
लक्ष्मी पोखरेल
काठमाडौं ,कपन
हाल इज्रायाल



