अन्तर्राष्ट्रिय नेपाली भाषाको सम्मान गर्न सिकौ”

प्रेस विज्ञप्ति “अन्तर्राष्ट्रिय नेपाली भाषाको सम्मान गर्न सिकौ” जुन मुलुकको माटोमा जन्मिएर हामी सारा नेपाली जुन भूगोलमा खडा छौँ त्यो मुलुकको प्रतिष्ठा हामी सारा जनताको प्रतिष्ठा हो । मुलुकको बदानामी हामी स्वयम्को वदनामी हो । जब जब हामी बाँचेको मुलुकको प्रतिष्ठा अन्तर्राष्ट्रिस्तरमा उच्च हुन्छ, तबतब हाम्रो प्रतिष्ठा पनि उँचो देखिन्छ । मुलुकको प्रतिष्ठा त्यो देशको जनता र शासकको हातमा रहेको हुन्छ । कसैले पनि कहिल्यै पनि मुलुकको इज्जत र प्रतिष्ठामा आँच आउने कार्य किमार्थ गर्नु हुन्न, राष्ट्रहितमा दखल पुग्ने कार्य राष्ट्रघात हो भन्ने कुरा बिर्सनु हुन् तर आज राष्ट्रभित्रै राष्ट्रघाती नेताहरूले राष्ट्रको स्वाभिमानमा ,अन्तर्राष्ट्रिय नेपाली भाषामा नै प्रश्न चिन्ह खाडा गर्ने कोसिस गरेका छन् यो अवस्थालाई सम्पूर्ण नेपाली गम्भीर भएर सामना गर्न जरुरी छ | आजको दिनमा आएर हामीले यो कुरा अझ दह्रोसँग पक्डनु पर्दछ, किनकि यतिबेला हाम्रो देश ऐतिहासिक रूपले नै सङ्कट र सम्भावनाको दोसाँधमा खडा छ । देश ऐतिहासिक रूपले नै यसकारण सङ्कटग्रस्त छ कि देशमा भर्खरै जारी भएको संविधानप्रति केही मित्रराष्ट्रहरुले आलोचना र असहमति व्यक्त गरेका छन् । त्यति मात्र होइन उनीहरूले नेपालले आफ्नो संविधान आफैँ जारी गर्न पाउने आत्मनिर्णयको अधिकारमाथि ठाडो हस्तक्षेप गर्नुमात्र नभई नेपाल विरुद्ध लामो कठोर नाकाबन्दी सम्म गर्न पछि परेनन । भलै, सारा नेपाली जनताले छिमेकीले जबरजस्त थोपरेको नाकाबन्दी दृढतापूर्वक झेलेका थिए । उनीहरूले राष्ट्रियताको निम्ति हाँसीहाँसी विष पिए तर राष्ट्रिय स्वाधीनताको विरुद्ध कहिल्यै सम्झौता गरेका छैनन् | नेपालीहरू बरु भोकै बस्न तयार रहे, एकछाक मात्र खान तयार भए, महिनौ दिनसम्म नाकाबन्दी झेल्न झेले तर राष्ट्रियताको अग्निपरीक्षामा नेपाली कहिल्यै हार्न चाहेनन् । नेपालीहरूले मातृभूमिप्रतिको आफ्नो अपार प्रेम यसबीचमा प्रकट गरेका थिए आज फेरी भाषा,संस्कार माथि नै प्रश्न चिन्ह उभिएको छ र राष्ट्रमाथि आइपरेको यो सङ्कटको अन्त्य अझै भएको छैन ।
नेपाल एउटा यस्तो बहुभाषा – भाषी देश हो , जस्को भाषा समस्या प्रशस्त अल्झिएको भएतापनि भाषाको सम्बन्ध विभिन्न किसिमका भावुकता , जानपदिक मोह र पूर्वाग्रहसंग गाँसिएको हुन्छ । यस कारण बहुभाषा भाषी देशहरूमा भाषाको समस्या प्राय: संकुल र अल्झिएको हुन्छ नै। तर मानिसका समस्याहरूलाई समाधान गर्ने प्राणी ( Problem – Solving animal ) भएको कारण भाषा समस्याको पनि कुनै न कुनै समाधान आफ्नो देश र समाजका लागि निकाल्छ नै । रुस , स्विटजरलैण्ड आदि अनेक देशहरूले आफ्ना अल्झेका भाषा समस्यालाई बडो कुशलतापूर्वक समाधान गरेको थिए । हाम्रो संविधानमा स्वीकृत हुने मैथिली , भोजपुरी , अवधि यी तीन भाषा हुन जो हिन्दुस्तानको परिवारभित्र पर्दछन । यी तीन भाषाहरू नेपालमा मात्र होइन हिन्दुस्तानमा पनि बोलिन्छ । यी तीन भाषा आफ्नै ढङ्गको समर्थ भाषाहरू हुन । मैथलीमा विद्यापति जस्ता प्रख्यात कवि भई सके । भोजपुरीको रचनात्मक साहित्य समृद्ध छ । यी भाषाहरू हिन्दी भाषा भन्दा पुराना हुन । हिन्दी हिन्दुस्तानको कसैको पनि मातृ भाषा होइन प्राय जसो परिवारमा हिन्दी बोलिदैन । सरकारी कामकाज अर्थात् भारतको राष्ट्रिय भाषा चाहिँ हिन्दी हो र पनि ब्रज , अवधि ,मैथली , भोजपुरी आदि ग्रामीण भाषा परिवारमा बोलिन्छन र यी भाषाहरू समृद्ध पनि छन् । संविधानबाट स्वीकृत भएको नेपालको भाषाहरूका बिच नेपाली राष्ट्र भाषा मात्र नभई अन्तर्राष्ट्रिय भाषा हो । साँचों अर्थमा नेपालीको सामर्थ्य र नेपाली भाषीहरूको सङ्ख्या दुवै नै नेपालीलाई मात्र नेपालको सम्पूर्ण भाषाको रूपमा नेपालीलाई स्वीकार्ने प्रश्नमा नेपाली भाषा भाषी नेपाली केही अरू अर्कै दृष्टिबाट सोच्न थाल्दछन । उनीहरूलाई यसमा आफ्नो भाषा र संविधान स्वीकृत हुने नेपाली तर अन्य भाषाहरूको महत्वलाई न्यूनीकरण या अपहरणकर्ताको रूपमा हेर्न थाल्दछन । भाषा सम्बन्धी दृष्टिकोणमा स्पष्टता र अल्झो फुकाउँन न हुने कारण भावुकताबाट गरिएका यस्ता आपत्तिहरू उठ्नु स्वाभाविक हुन्छ । तिनीहरू बिर्सन्छन कि भाषाका तीन ओटा स्वरूप हुन्छ । प्रयोजनपरक – सांस्कृतिक र ज्ञानात्मक । सम्पर्क भाषा या राष्ट्र भाषाका रूपमा नेपालीलाई स्वीकार गर्ने आशय अन्य भाषाहरूको विरोध होइन । हिन्दीलाई ज्ञानको भाषाको रूपमा हाम्रो देशमा चल्न सक्छ र ज्ञानको भाषाको रूपमा स्वीकार गरेर हामीले आफ्ना देशका मनीषा वैश्य मनीषाको रूपमा अन्तर्राष्ट्रिय स्तरमा सूगमतापूर्वक अद्यतन बनाएर राख्न सक्छौँ । अर्को तिर संस्कृतिको भाषाको रूपमा हाम्रो संविधानमा स्वीकृत सबै नेपाली भाषाहरूलाई समान महत्त्व राख्दछन । सांस्कृतिक संबहन , सृजनात्मक अभिव्यक्ति र रिक्थक्रमबाट आइरहेका पारंपरिक प्रदेयहरूको परीक्षणको दृष्टिबाट संविधानबाट स्वीकृत हुने सबै भाषाहरू महत्त्वपूर्ण छन् र तिनीहरू निरंतर विकसित हुँदै रहने नितान्त आवश्यक छ । हाम्रो संस्कृतिको सम्पर्क सार्थवाह रही रहोस् । मात्र प्रश्न के छ भने प्रयोजनमुलकताको अन्तर्राष्ट्रिय स्तरमा नेपालीयतालाई पहिचानका लागि एउटा समर्थ भाषाको माध्यमबाट नेपालीको प्रनिधित्वको । नेपालको मुख्यता नेपाली भाषालाई नै मानिएको छ । नेपाली भाषाको उद्गम केन्द्र संस्कृत भाषा हो । तर समय सँगसँगै संस्कृत भाषा प्राय लोप हुँदो छ । यस्तो होला नेपाली भाषाको पनि । यदि हामीले यसका लागि सार्थक प्रयास गरेनौ भने । नेपालको संविधान अनुसार सरकारी र ग़ैर सरकारी अड्डा खानामा नेपालीमा काम गर्नु अनिवार्य गरिएको छ । तर कहीँ पनि अन्य भाषाको प्रयोग गर्ने निर्देश संविधानले गरेको छैन । हामी नेपाली दिवस मनाउने गरौँ । संविधान संभाले निर्णय लिएको छ नेपाली नै नेपालको राष्ट्र भाषा हुनेछ । यस महत्त्वपूर्ण निर्णयको महत्वलाई प्रतिपादित गर्न नेपालीलाई हरेक क्षेत्रमा प्रसारित गर्न राष्ट्र भाषा प्रचार समिति हुनु अनिवार्य छ । नेपाली विश्व दिवस पनि मनाउने चलन चलाऔं । यसको उद्देश्य होस विश्वमा नेपाली प्रचार प्रसारमा जागरूकता गर्ने तथा नेपालीलाई अन्तर्राष्ट्रिय भाषाको रूपमा पेस गर्ने । विदेशहरूमा पनि नेपाली दूतावासले यस दिनलाई विशेषरूपले मनाओस । सबै सरकारी कार्यालयहरूमा विभिन्न विषयहरूमा नेपालीमा व्याख्यान आयोजित गरियोस । नेपाली भाषा नेपाली संस्कृति धरोहर हो । यसलाई जोगाउनु नेपालीको परम कर्तव्य हुन्छ ।यो वर्तमान नेपाली भाषाको प्रयोग नेपालमा मात्र होंइन नेपाल बाहिर पनि अनेक देशहरूमा हुँदैछ । नेपाली सङ्गीत , भोजन , बस्त्र आदिमा नेपालीहरू विदेशमा चाड पर्वमा रमाई रहेका छन् । आज देशमा आतङ्क मचाउने,देशको स्थिति भुटानी जस्तो छभन्ने भाषणहरु भारतका नेताहरुवाट पत्रपत्रिका,भिडियोमा सुनिदै आएतापनि देशको स्थिति नाजुक बनाई कब्जा गर्ने नियत भएका यी देश द्रोही लुटेरा नेताहरूको दुई चार जनाले हिन्दी ,उर्दु,मैथली भाषालाई नेपालको राष्ट्रिय भाषामा समावेश गरियोस भनेर दबाब दिदैमा यदि प्रचण्ड सरकारले समावेश गर्‍यो भने सम्झनुहोस यो सरकारको अन्त्य हुन्छ | जुन दिन समावेश हुन्छ त्यो दिन नेपालीहरू आफै सडकमा उत्रनेछन | नेपाली भाषा हाम्रो पहिचान हो हाम्रो राष्ट्रियता हो यस्लाई कुनै पनि हालतमा परिवर्तन गर्न हुन्न चाहे मधेसी हुन् वा कुनै जनजाति नेपाल क हुन् भने उनीहरूको भाषा पनि नेपाली हो भलै बोलीचाली को हिसाबमा आफ्नो जात अनुसार बोल्दछन तर सरकारी कामकाज तथा लेख पढ़को लागि अन्य भाषा हामीलाई स्वीकार छैन र यसलाई हजारौँ वर्ष देखि अध्ययन ,हाम्रो शास्त्र, हाम्रो पुस्तक यी सबै नेपालीका मुटु हुन भन्ने कुरा सबैले बुझ्न जरुरी छ | How , Shuddha Nepali ” is ridiculed शुद्धीकरणसंग गाँसिएको धारणा हो , ‘ अङ्ग्रेजीमा एउटा शब्द छ Eugenics , यसको अर्थ हुन्छ नियंत्रित वातावरणमा उच्च जातका पुरुष एवं श्रीको मिलन जसबाट आउने संतति दोषहीन उत्पन्न होउन , जसबाट समाजबाट , विकलांग , कमजोर , मूर्ख मानिसको सफ़ाया होस । यसै उद्देश्यबाट नाज़ी जर्मनीमा ४ देखि ५ लाख मानिसको नसबंदी गरियो । यस प्रक्रियामा कम से कम १ लाख मानिसको मृत्यु भयो । यसका अतिरिक्त , एउटा अन्य प्रक्रिया अपनाइये जसलाई ग्रिकमा Holocaust भनियो । यस प्रक्रिया अन्तर्गत ६० लाख यहुदीहरू दुई देखि साढ़े दुई लाख बिकलांग र २० देखि ३० लाख युद्ध अपराधीलाई ख़त्म गरियो । यी दुवै प्रक्रियाहरू शुद्धिकरणको धारणाको सर्वोच्च अभिव्यक्ति थियो । यस कारण मैले तपाईँहरूलाई प्रश्न गर्न लागेका छु । तपाईँको शुद्धिकरणको मात्र भाषासम्म सीमित छ , या रहदैन कहिल्यै रहदैन । भाषाको शुद्धिकरणको एउटा अन्य प्रयास पूर्ववर्ती USSR मा चलाइयेो । यस अन्तर्गत पूर्वीय युरोपका देशहरूमा जवर्दस्ती Russian भाषा लादियों , यस प्रयासलाई Russianization पनि भनिन्छ । अन्तत: परिणाम के भयो ? USSR १२ भिन्न भागहरूमा विभक्त। भयो । भाषा कसैमाथि लादन सकिदैन । यो कुरा गाँठो पारेर राख्नुहोस । केही पनि शुद्ध छैन सब दुषित छ, जस्ता दार्शनिक वाक्य पुस्तकालय हो व्यावहारिक होइन । मलाई हाँसो उठी रहेको छ । यो पुस्तकीय हुनु भन्दा बढी व्यावहारिक कुरा हो , यदि तपाईँले आफैलाई गहिरिएर हेर्नु भयो भने थाहा पाउनु हुनेछ । अझ बढी यस विषयमा जानकारी पाउनु हुनेछ । । चाहनु हुन्छ भने हे भगवान् भन्नुहोस । मैले भने यी नवीन शब्द बनाउने आवश्यकता भएको छ भने संस्कृतलाई आधार बनाउनुहोस । संस्कृतमा जुन विशेषता छ त्यो नेपालका अन्य भाषाहरूमा छैन ? नयाँ शब्द यदि शामिल गर्नु छ भने यस्तो हुनु पर्‍यो जुन सरल किसिमबाट आउन सकोस , सामान्यजन त्यसलाई बोलचालमा प्रयोग गर्न सकुन, त्यो नेपालको कुनै पनि भाषासंग हुन सक्छ । म यस कुराको उत्तर दिन पनि उचित सम्झन्न । तर उल्लेख चाहिँ गरी रहेकी छु । टिप्पणी गरी रहेकी छु ।मात्र यस कारण कि प्रबुद्ध पाठक तपाईँहरूका भाषा शुद्धिकरण सम्बन्धी असन्तुलित चिन्तनबाट अवगत होउन । प्रबुद्ध पाठकको अर्थ ? तपाईँलाई लाग्न सक्छ हामी बाहेक अरूले पनि यसलाई पढ्छन होला ? तर छन् अरू पनि पढ्नेहरू । निशा अर्याल महासचिव अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास च्याप्टर इजरायल

Posted by INLS Israel on 21:57. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com