गीत कति लेखुं?

| | अनेसास इजरायल




आँखा बाट रगत झार्दै लाशको गीत कति लेखुं?
थ्रीनटथ्री,एसएलआर, इंसासको गीत कति लेखुं?

प्रक्षेपण गरिदैछन मंगलतिर यानहरु
हाम्रो उही गास बास कपासको गीत कति लेखुं?

राजनीतिको मन्दिरमा रेटिदैछन टाउकाहरु
मानवीय मूल्यको उपहासको गीत कति लेखुं

तिम्रै खल्तीभित्र पनि ग्रिनेड हुन सक्छ कतै
आर्यघाटमै पडकिएको त्रासको गीत कति लेखुं?

पुरिएका शवको गंध, बारूदका धुंवा हरु
कठै नेपालीले फेर्ने सासको गीत कति लेखुं?

Posted by INLS Israel on 09:21. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com