हात हातमा हतियार

| | अनेसास इजरायल

हात हातमा हतियार अविराम रोएको छ
नगरकोट को सिंगै दुखी गाम रोएको छ

के हो शक्ति कस्तो हुन्छ मदिराको मातजस्तो
दरबार मा दीपेन्द्र को नाम रोएको छ

सुनका ती बन्दूक अनि सियाका चिहानहरु
भत्किएको बंकर हेर्दै सद्दाम रोएको छ

शासकको मनोमानी परिभाषा बिझेपछि
सत्ताको घोडामाथि लगाम रोएको छ

विजितको राज़ हुन्छ उही हुन्छ सर्वोपरि
हारनेहरुको इतिहासमा बदनाम रोएको छ

Posted by INLS Israel on 08:45. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com