नज़र खस्न दिनुहुन्न

| | अनेसास इजरायल

कृष्ण थापा



स्वाभिमानी उच्च हाम्रो शिखर खस्न दिनुहुन्न
सबले टेको दिनु पर्छ घर खस्न दिनुहुन्न

आभा मलिन हुन्छ यदि सुवास छैन भने
फूल को सौन्दर्यबाट अत्तर खस्न दिनुहुन्न

धेरै भयो खुसी हामीले गुमाएको ओठबाट
मनको हरित फांटमाथि बगर खस्न दिनुहुन्न

खसेको छ बर्षा जस्तै नेपालीको आंसु
बादल खसेपछि निलो सगर खस्न दिनुहुन्न

आट साहस धैर्य लिई सगरमाथा जस्तै छाती
ऊँचो गरी हिडनु पर्छ नज़र खस्न दिनुहुन्न

Posted by INLS Israel on 09:04. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com