रातहरु

| | अनेसास इजरायल

बाचेको छ मृत्यु को छाया मुनि रातहरु
हिजो जस्ता छैनन अचेल किन कुनी रातहरु

गल्ली गल्ली अशांतिको बाढ़ी बगिरह्यो
त्रास खोक्दै गर्जीरहे मनसुनी रात हरु

रोदी छैन लैबरीको भाका कतै सुनिदैन
ओइलिएर झरेका छन तरुनी रातहरु

उज्यालो पिईवरी मात्दै हिद्छ वस्तिवस्ति
कति बेला बदनाम भए खै खुनी रातहरु

बारूदको पिरोपिरो गंध बोकी बगिरहे
कृसुका ग़ज़लमा बैगुनी रात हरु

Posted by INLS Israel on 09:02. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com