सारा देश रोए पछि

| | अनेसास इजरायल



सारा देश रोए पछि फेवा रुन्छ रारा रुन्छ
धरती रुन्छ जून संगै आकासको तारा रुन्छ

उजाड़ भा'छन वस्ति हरु सपना हरु धुवां धुवां
खंडहर याद बोकी रोल्पा रुकुम खारा रुन्छ

जलेका छन जिउदै कति निर्दोषहरु,यो माटोमा
छटपटिदै काजोल रुन्छे ,चितवन भंडारा रुन्छ

चिठ्ठी ख़बर कही छैन फर्कदैनन छोराहरू
छाती दुख्छ आमाको बाच्ने सहारा रुन्छ

इतिहास लेखनेहरु रगतैले लेख्छौं भन्छन
आफ्नै भाईको रगत हो यो रगतको धारा रुन्छ

Posted by INLS Israel on 04:56. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com