फर्किएर योद्धा हरु

| | अनेसास इजरायल

कृष्ण थापा
फर्किएर योद्धा हरु टाउको ठोक्दै रुदै थिए
विजय को खुसी हैन आंसु पोख्दै रुदैथिए

आफै जस्तो लाग्यो अरे जसको मुहार हेरेपनि
पराजित सिपाहीका लाश बोक्दै रुदै थिए

घर घरका भित्ताभरी रगतका छिटा थिए
रगतै थ्यो' छाती भित्र रगत खोक्दै रुदैथिए

महँगिए सुनचादी सबको भाऊ बढ़ीरह्यो
सस्तो केवल जिंदगीको मूल्य तोक्दै रुदैथिए

फेरी अर्को युद्ध तर्फ लम्किएका पाइलाहरु
के के सोच्दै घरी घरी टक्क रोक्दै रुदैथिए

Posted by INLS Israel on 07:37. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com