कालिकोट दुखेको छ

| | अनेसास इजरायल



फेरी पनि कता कता चोट दुखेको छ
आफ्नै भूमि आफ्नै रगत कालिकोट दुखेको छ

आफ्नैसंग लड़नुपर्ने कति तुच्छ विवशता यो
ब्यर्थै "वीर गोरखाली"को लेखोट दुखेको छ


पैसाको खोलो बग्दा डूब्यो अरे स्वाभिमान
आँखा भरी विदेशी नोट दुखेको छ

सधै साउन झरेको छ नेपालीको आँखाबाट
नियतिमै रहेछ कि खोट, दुखेको छ

घरभित्रै चैन भए कोही किन बिदेशिन्थ्यो?
मुनाको चिहानमा ल्हासा, भोट दुखेको छ


Posted by INLS Israel on 12:45. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com