दिलमा अलिकति

| | अनेसास इजरायल

खाडीका कारखाना र मीलमा अलिकति

झुक्यो स्वाभिमान आफ्नै दिलमा अलिकति

मनको बाँध थाम्न खोज्दै सोच्दैछ एउटा मान्छे
त्रास बोकेर टनकपुरको डीलमा अलिकति

बहिनी चेली मात्र हैन हामी आफै बेचिईदैछौं
बम्बईका कोठी र महेफिलमा अलिकति

कति आमा रुन्छिन यहाँ परदेशी छोरा सम्झि
मैनबत्तीको मधुरो पिल पिलमा अलिकति

दागिएकै छ छाती, वीरताको नाउमा हाम्रो
जम्मू, कश्मीर, कोशोभो र कार्गिलमा अलीकती

Posted by INLS Israel on 11:03. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com