उस्तै उस्तै

| | अनेसास इजरायल

कृष्ण थापा








परम्परागत मान्यता अनुरूप ग़ज़ललाइ रूप सौंदर्य वा प्रेमको कोमल अभिव्यक्तिको रूपमा मात्र हेरिएपनि समय संगै आज ग़ज़लमा विद्रोहचेतना, क्रांति वा सामयिक छटपटी कुंठा , वा सबैसबै खाले भोगाईहरु समेटिन थालेको छ वा भनु ग़ज़ल दरबार कोठी वा महेफिलका परिधिहरूबाट बाहिरिएर अपरिमित भएको छ। स्वतंत्र भएको छ ।यही नया परिभाषालाइ पछ्याउदै मैले ग़ज़लभित्र राजनीति समेटेको छू, राजनीतिको चित्र कोरेको छू ।

स्वीकार्य हुनेछ भन्ने अपेक्षा सहित ।




यद्यपि प्रश्न यहाँ शेष छ, उस्तै उस्तै
संक्रमणको पीडामा देश छ, उस्तै उस्तै


वसन्त आयो भन्छन, कोइलीको स्वरुपमा-
कागको नौटंकी भेष छ, उस्तै उस्तै




सड़क भरी सहीदका रगत देख्दा धेरै रोए
रगत संगै खेल्नू फेरी आदेश छ, उस्तै उस्तै


विसंगति अन्योलपना घाऊ वर्गसंघर्षका
पाइलैपिच्छे हिजोजस्तै ठेस छ, उस्तै उस्तै


सामंती संरचना ढाल्यौं भन्थे -उनीहरु
खोतलेर हेर्नु यहाँ अवशेष छ, उस्तै उस्तै

Posted by INLS Israel on 00:03. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com