गजल

| | अनेसास इजरायल



मेरो आधा संसारलाइ सजाऊछु भनेकी थ्यौ
हजूरकै छातीभित्र अटाउछु भनेकी थ्यौ ।

अधुरो छ कथा मेरो अँध्यारो छ घरपनि
मायाका दीपहरु जलाउछु भनेकी थ्यौ ।

वाचा मिठो गरेकी थ्यौ, सधै सधै साथ दिने
वहकिन खोजे भने सम्झाउछु भनेकी थ्यौ ।

छाया जस्तै हासो खुसी , कति दुखी यो समय
तर दुःख पर्दा पनि रमाउछु भनेकी थ्यौ ।

उस्तै छौ कि वद्लियौ, सम्झन्छौ कि बिर्सीसक्यौ
कृसुलाइ सधै आफ्नो बनाउछु भनेकी थ्यौ ।


Posted by INLS Israel on 15:55. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com