"झुपडपट्टी कुक्कुर करोड़पति"को सम्मान



यसपाली,
झुपडपट्टी कुक्कुरको सम्मानमा
सारा विश्वले उत्सव मनाऊदा,
मेरा केही छिमेकी भैयालोगहरु भने खिन्न र उदास थिए ।
जसले आत्मसम्मानमा गहिरो चोट लागेको महशुश गरे ।
जसले समृद्धिको पाइलामा खोट लागेको महशुश गरे ।






'आफ्नो कथाले चर्चा पाएकोमा,
त्यसो त यो जीत संगै,
केही झुपडभैयाहरु भने कम्ति खुसी भएनन ।

विश्व कै धनिमनी मुकेश अम्बानीको
निर्माणाधीन २७ तले घर नजिकैका झुपडपट्टीहरु हुन यी
जहाँ बेलायतका दानीले "झुपडपट्टी कुक्कुर करोड़पति" बनाए
टीभीमा हेरियो त्यो वस्ति विजयको रंगले धप्पक्कै बलेको थियो
लाग्यो त्यतिखेर शायद ती सबै करोड़पति भएका थिए ।

भैयाका औतार पनि - थरि थरिका!

दुखी हुने भैया को हुलमा
कलुवा पनि थियो,
तँ किन दुखी छस कलुवा ?

"अरे अब क्या रहा?
साला ये फिलिम ने सब लोगोका नजरिया ही बदल दिया है,
दुनिया के नज़र में हम तो अब झुपडवालों ही हो गए ना..?"
साला ये फिलिम ..."

कलुवाको देश आफुलाई समृद्धिशाली भनाउन
अनावश्यक ढोंग र प्रपंच रच्दै हिडछ ।
सधै रिसोर्ट , बगैचा, वा आलिशान महलमा बनेका फिल्महरु मात्र कति हेर्नु?
कल्लू , म त भन्छु बुद्द नै उतै जन्मेको भन्दै हिड़ने तेरो सृजना क्षेत्रले
झुपडपट्टी कुक्कुरको सम्मान बाट पाठ सिकोस ।
सचेत मान्छेको वस्तिमा झूठ र फोस्रो रवाफ़ सुहाउदैन
सफल त त्यो हुन्छ जो सही हुन्छ , यथार्थ हुन्छ ।

पाजी तँलाई कति सम्झाउनु?
सत्य बोलन सिक , सही हुन सिक ।
बाजे संग लगेको तेत्रो जग्गाले नपुगेर
अस्ति मात्र हाम्रो सांध मिच्न आइस,
बहुला कुकुरले टोके झैँ बेला बेला नेपाल नै मेरो भन्दै हिडछस,
धिक्कार छ तेरो लालच, तँलाई के नपुगेको छ भन त कलुवा?

फेरी हेरे
कलुवा अझै दुखी नै थियो
अब उसका गोरा दोस्तहरुले
ताजमहलको कुरा बिर्सेर
झुपडबस्तीको जिज्ञासाले हिर्काउने छन
कलुवा बर्बरायो --

"में तो कहेदुँगा,
में स्लमडग, ब्लमडगको नहीं जानता,
में तो बस मिलेनियर हूँ।"

Posted by INLS Israel on 09:09. Filed under , . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com