सुन पगाल्न भन्दा धेरै
सुनिल संगम
सुन पगाल्न भन्दा धेरै मन पगाल्न गाह्रो रैछ
निष्ठुरीलाई सम्झिने मन बुझाउन झन साह्रो रैछ
बुझदैन यो मन
बढ्छ याद झन
गर्न बाँकी छैन केही हुने सम्म गरीसकेँ
जिन्दगीनै बाजी राखी शरणमा परीसके
बदलिएन मन उन्को बदलिए कैयौँ ऋतु
नबुझेको किन होला ढुङ्गाकै पो छ की मुटु
पटक्कै मन मान्ने होइन बिसर्ीएर जीउँ भने
बाँच्ने रहर बाँकी नै छ बिषको घुट्का पीउँ भने
तड्पिएर जीउनु पर्ने जिन्दगीको कस्तो रित
यति कठोर किन होला मायामोह छैन कित
गीती एल्बम इच्छा
स्वर रामकृष्ण ढकाल
रचना सुनिल संगम
संगीत जुगल डंगोल


