ग़ज़ल -कृष्ण थापा

| | अनेसास इजरायल



कोशीको छाल संगै, रुनु हुन्न सानु
सधै बालुवाको बगर, हुनु हुन्न सानु

कति स्वार्थी लोभीपापी, संसार छ तिम्रो
आँखा चिम्ली गुलाफ पनि, छुनु हुन्न सानु

हिजो पनि रातभरि, के सम्झी रोयौ?
आँसुले नै रुमाल सारा, धुनु हुन्न सानु

बाँधी राख छातिभित्र, दुख परे पनि
सबै सामु मनको व्यथा, फुनु हुन्न सानु

कैले सानी कैले ठुली, कैले काली औंसी
चन्द्रमा नि सधै प्यारी, "जुनु" हुन्न सानु ।
















Posted by INLS Israel on 15:06. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com