दोष-अस्मिता त्रिपाठी

| | अनेसास इजरायल

नजर बदल्नु उसको दोष
हैन,
बादल अडिक नरहनुम उसको
दोष होइन
उनिहरुपनि
प्रक्रितिको अगाडि
नतमस्तक छन्,
जसरी तिम्रो खोक्रो
जीवनलाई हेरी
उसले सांसारीक रुपमा
नजर बदल्यो !


तिम्रो जीवन खोक्रिएको
नै रहने छ,
किनभने खोक्रो मानिसले
कहिल्यै केहि कुराको
पनि आँट गर्दैन।
त्यो मन्दिर अनि त्यो
गल्ली जस्ताको त्यस्तै
रहनेछ,
किनभने तिमी सजिव नै
निर्जिव भएपछि
त्यो निर्जिवको स्वरुप
यथावत् रहनुमा के दोष !!

तिम्रो जीवनमा ग्रहण
लागिसकेको छ
झुठो बिहानीमा भुल्ने
नगर,
किनभने यथार्थ यही
होकी
जुनकिरीले सूर्यलाई
बत्ति देखाउन सुहाउदैन
!!!








Posted by INLS Israel on 22:37. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com