चिरिदिन्छु छाती बरु

| | अनेसास इजरायल




खगेन्द्र थापा

गल्ती तिम्रो कहाँ थियो र मैले भुल गरेकै हो
सुन्दर फूलको बगैंचामा लोभी नजर छरेकै हो
छाती बरु चिरिदिन्छु हेर्छौ भने तिमी पुरै
मर्छु बरु तिम्रै काखमा हाने हुन्छ तीखो छुरै
छाती बरु …॥


अतृप्तभई प्रेमको माला गाँसिरहूँला
माफ गरिदेउ प्रीय मलाई
हो …प्रेमको माला गाँसिरहूँला

कहाँ भन्छु र हाँस्यौ होला तिम्रो आँसु झरेकै हो
किन ढाँट्नु दुनियाँलाई मैले पाप गरेकै हो
चिरिदिन्छु छाती बरु हेर्छौ भने तिमी पुरै
तिम्रै काखमा मर्छु बरु हान तीखो छुरै
छाती बरु …॥


तिमी दिलमा हुँदाहुँदै अन्तै नजर परेकै हो
किन ठग्नू अझै तिमीलाई मैले पाप गरेकै हो
मार बरु सहिदिन्छु तिरस्कार चाहिँ गर्दैनगर
पिई दिन्छु विष बरु बास रहोस् खोलीबगर
मार बरु सहिदिन्छु …


अतृप्तभई प्रेमको माला …


Posted by INLS Israel on 13:40. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com