कति लोभी मान्छेहरू

| | अनेसास इजरायल

हरि मानन्धर "विवश"


के रहेछ र जिन्दगी यो
के पाउनु, गुमाउनु
बाचुन्जेल मेरै मेरो
मरे पछि सबै तेरो

कति लोभी मान्छेहरू
चाहुँ सबै देखे जति
यो त्यो सबै मेरो
मरे पछि सबै तेरो

असिमित चहाना बढेरै होला
हरदिन एक एक मागे जस्तो
सारा पृथ्वी नै सुम्पे पनि
कतै केहि नपुगे जस्तो

जस्तो जन्म उस्तै मृत्यु
अंगहरू सबै नाङ्गा
फेरि पनि नपुगेरै
बाचुन्जेल सबै बाङ्गा

कलह झगडा सधैभरि
धनसम्पत्ति जोड्दा जोड्दै
श्वास छउन्जेल आश अझै
पृथ्वीलाइ नै छोड्दा छोड्दै



Posted by INLS Israel on 06:27. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com