साहित्यिक कार्यक्रमका साथ इजरायलमा भानु जयन्ती सम्पन्न







अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले आदिकवि भानुभक्त आचार्यको १९६ औं जन्म जयन्तीका अवसरमा इजरायलको तेलअभिभ शहरमा साहित्यिक कार्यक्रम भव्यता कासाथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अनेसास इजरायलका अध्यक्ष सुनिल संगमको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाली समाजका अध्यक्ष नवीन बस्नेत, नेपाल कृषि कामदार मञ्चका अध्यक्ष खोजराज कटुवाल तथा युनिटी लाइफ सिर्जनशील समूह इजरायलका अध्यक्ष हरि प्रसाद मानन्धरको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा इजरायलमा काम गर्ने विभिन्न व्यक्तित्त्वहरूको सहभागिता रहेको थियो ।



कार्यक्रममा नेपालको विभिन्न स्थानहरूबाट इजरायलमा आइ इजरायलका उत्तरदेखि दक्षिणी भागसम्म काम गरिरहेका विभिन्न साहित्यप्रेमी व्यक्तित्वहरूको सहभागिता रहेको थियो भने संसारका विभिन्न देशहरूमा रहनुभएका साहित्यप्रेमीहरूले समेत आफ्ना कविताहरू वाचन गर्नका लागि पठाउनुभएको थियो । अनेसास इजरायलका अध्यक्ष सुनिल संगमले आफु नेपालमा हुँदा ४ वर्ष अगाडि आफ्ना आमा वितेको समयमा लेख्नुभएका गीत जस्लाई साथी स्वप्नील जीले हालै संगीत भरिदिनुभएको गीत बजाएर कार्यक्रमको दोश्रो अनौपचारिक कार्यक्रम कविता वाचन कार्यक्रम शुरू गर्नुभएको थियो । त्यस्तै अनेसास इजरायलका उपाध्यक्ष नवराज आचार्यबाट व्यंग्यात्मक हाइकु प्रस्तुत गरिएको थियो ।



त्यस्तै कविता वाचन गर्नेहरूमा मनोज गौतम, कृष्ण थापा, कला कोयु राई, हरि मानन्धर विवश, संगीता घिमिरे, टिका खरेल, सुमन कार्की, विष्णुप्रसाद भट्टराई, विष्णुप्रसाद तिमल्सिना, विजी श्रेष्ठ, लक्ष्मण खरेल, रहेका थिए भने ऋतु गिरी र अस्मिता त्रिपाठीका कविताहरू पनि वाचन गरिएको थियो ।

Posted by INLS Israel on 12:39. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com