ख्वै के हौ कुन्नी तिमी

| | अनेसास इजरायल

हरि मानन्धर “विवश”

मेरो हृदयमा तिमी
मेरो मस्तिष्कमा तिमी
अंग अंग अनि प्रन्यंग भित्र
सदा सर्वदा तिमी नै तिमी

मेरो मनको चाह हौ तिमी
मेरो मुटुको धडकन हौ तिमी
रातको निन्द्रा अनि
दिनको भोक पनि तिमी

मेरो मनको रानी तिमी
मरो कल्पनाको सागर तिमी
गन्तव्य पनि तिमी नै तिमी
अनि भविष्य पनि तिमी

सागरको गहिराई तिमी
आकाशका जुन अनि तारा तिमी
स्वर्गकी परी तिमी
अनि धर्तीमा मेरी तिमी

पल पलको याद तिमी
पल पलको दर्द तिमी
हरपल हरक्षण मात्र तिमी
ख्वै के हौ कुन्नी तिमी

Posted by INLS Israel on 11:37. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com