गज़ल

| | अनेसास इजरायल




हिजोजस्तै आजपनि, पियो उसले किन ?
रोमियोको कथा सम्झियो उसले किन?

सबैलाई देखाउछु, पोख्छु भन्थ्यो सबै पिर..
च्यातिएको छाती एक्लै. सियो उसले किन?

फुल्नु झर्नु कति कति, झरिजाने फूलका कथा
वैलिएको यौटा फुल , लियो उसले किन?

रित्तो-रित्तो मझेरी छ, छैन कोहि आउने-जाने
कोही छकि गर्नु चर्चो, चियो उसले किन?

घरैभरि त्यो अँध्यारो, कृष्णपक्ष छाएपनि
जलाएन कहीं कतै, दियो उसले किन?

Posted by INLS Israel on 02:00. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com