सपनीमै तिम्रो नजिक आउन पाए हुन्थ्यो

| | अनेसास इजरायल

हरि मानन्धर “विवश”


सपनीमै तिम्रो नजिक आउन पाए हुन्थ्यो
रातैभरि प्रितीको गीत गाउन पाए हुन्थ्यो

सधैंभरि कहाँ देखूँ भईरहने यो मन
आजैदेखि मायाप्रेम लाउन पाए हुन्थ्यो

तिमीसँग प्यारो लाग्न थाले साथहरू
सधैभरि तिम्रो साथ पाउन पाए हुन्थ्यो

टाढा हो कि साइत मेरो सायद तिमिदेखि
तिम्रै घरको नजीक सधैं धाउन पाए हुन्थ्यो

सँगै जीवन जिउन पाए मिल्थ्यो हाम्रो जोडी
विवशलाई तिम्रो हात माउन पाए हुन्थ्यो

Posted by INLS Israel on 04:58. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com