मालसिरिको धून राजै..

| | अनेसास इजरायल

विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपालीहरुमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !




मालसिरिको धून राजै, बज्छ किन आज फेरी
दशैं दुख्छ तिहार दुख्छ, प्रवासीको माझ फेरी

शरदको खुला आकाश हट्यो होला हिलो मैलो
मौसम आयो सजाउन, उस्तै सज्जा साज फेरी

देउसी भैलो साथि संगी चंगा हुन्थे आकाशमा
कतै भेटिएन यहाँ , त्यो खुसीको राज फेरी

"टिका लाउन आइज कान्छा,अब तेरो पालो आयो"
निधार छ खाली आमा, सुन्छु तिम्रै आवाज फेरी

दिनहरु त बिताउदो हो, यताउता यसै गरी
भक्कानिन्छ कृष्णपक्ष, बिरानो यो साँझ फेरी ।






Posted by INLS Israel on 12:04. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com