गुलावको फुल म पाउन सक्दिन (गीत)

| | अनेसास इजरायल

हरि मानन्धर "विवश"






पवित्र प्रेमको यो मिठो सँसार, म कोर्न सक्दिन
आजन्म भरिको यो मिठो माया, म पाउन सक्दिन ।

तिमी सामु नपाउदा कति दिन रोए हेर
यसपालीको जिवन मेरो जाने नै भो खेर
केलाई भन्ने मायको बन्धन म बुझ्नै सक्दिन
कस्तो रैछ विचित्र सँसार, म चिन्नै सक्दिन ।

जिन्दगीमा सोचेका कुरा कतै नपाउँदा खेरि
मनको चाह अझै बाकी पुनर्जन्म हुने फेरि
आकाशैका अनगिन्ती तारा म गन्नै सक्दिन
फुलहरूबाटै गुलाबको फुल, म पाउनै सक्दिन

Posted by INLS Israel on 13:04. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com