दँशै तिहार त यसरी पो अाउँनुपरथ्यो ।

| | अनेसास इजरायल


- अशोक पार्थिव तामाङ


दँशै तिहार त यसरी पो अाउनुपर्थ्यो ।
बाबरीहरू फुलेर मगमग बासना छर्दै - छर्दै ,
सयपत्री र मखमली बारीको डिलमा झुल्दै गर्दा ,
परदेश गएका परदेशीहरू पनि घर फर्कदैं अाउन्
दँशै तिहार संम्झेर ,
गाउँ संम्झेर ,
ठाउँ संम्झेर
अनि सिंगो नेपाल संम्झेर ।

दँशै तिहार त
रोटेपिङ र लिङगे पिङ भएर मच्चिन्दै अाउँनुपर्छ।
गाउँ बस्ती रमाउँदै एक अर्कामा सदभाव छर्दै अाउनुपर्छ।
जताततै खुशी बनेर छाउँनुपर्छ ।

तर
म उमेरले तालु नपाकेको भए पनि
दँशैं दशामा बदलिएर
समय कुहिएको देखिँसकें।

अब दँशैं ठुल्ठुला लामकाने खसी उपहार बनेर अाउँदैछ।
भब्य महलको कल्पना बनेर अाउँदैछ।
सके अाफैले नसके रिण काढेर भएनि दँशै अाउँदैछ।
अब
दँशैं हुनेखानेलाइ मात्र अाउँदैछ।
सान देखाउँन सक्नेलाइ मात्र अाउँदैछ।

दँशै अाए पनि
हर्के र बिर्खेको छोरा छोरीको लागी
नहुनेभयो खुशी
किनभने ,
गरीब हुनुपर्नाले........
लुगा किन्न नसक्दा
मिठो खान नपाउँदा ।

अब गाउँ गाउँ फाटेको छ,
परिवार परिवार भित्रै फाटेको छ।
जातियता फाटेको छ, देश सिङगै फाटेको छ।
अब
लिङँगे पिङँहरू टोल टोलमा बनाँइन्दैनन् ,
अनि कसरी अाउँछ दँशै ?
हर्के र बिर्खे जस्ताका छोराछोरीहरूलाइ ।

पिङ हुँदो होत कम्तीमा
त्यहि पिङँ खेलेर पनि दँशै मनाउँथे
यी बालक मनका धनीहरू ।
तर ,
अब
त्यो पनि रहेन।

अब
दँशै गरीब र धनीको छुट्याउँने भयो।
धनीको लागी दिन दिनै दँशै छ।
नहुनेलाइ दँशै टार्नै हम्मे छ।
अब नाताहरू पनि
ठुला बडाकामा टिका ग्रहण गर्न जाँदैनन्
यदि दक्षिणा कम दिइन्छ भने ।

अब
भाइ भाइमा भाइचारा रहेन ,
हिजोको जस्तो ।

के अब
यस्तो पनि दँशै हुन्छर ?
दँशै त खुशी पो लिएर अाउँनुपर्छ।
दँशै त गर्वसाथ सार्वजनिक भएर अाउँनुपर्छ।
चाँडवाँड जुनसुकै होस दिलको बोल भएर पो अाउँनुपर्छ।
नकि बोझ भएर होइन।

तर
दँशै अब त्यो किसिमको दँशै रहेन।
गरीब हाँस्न सक्दैन दँशै संम्झिएर।
समाज एक अापसमा मुठभेद छ विचारको लागी,
त्यसैले लिङगे पिङहरू अब बन्दैनन् ।
रोटे पिङमा मच्चिने रहरहरू पुरा हुन पाउँदैनन्।
परदेशी घर फर्कन सक्तैन वा मान्दैन
किनभने
अब
पहिलेको जस्तो सबै साथीभाइहरू भेटिन्दैनन् गाउँमा
पहिलेको जस्तो खुशीयाली देखिन्दैनन् मानिसहरू
पहिलेको जस्तो न त लिङगे र रोटेपिङ नै बन्छन्
अनि परदेशीहरू पनि परदेशतिरै हराउँछन्।

अनि यस्तो
शुनशान भुत जस्तो पनि के दँशै हुन्छर ?

तपेश्वरी १ , उदयपुर

हालः इजरायल

Posted by INLS Israel on 03:03. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com