सपनाको लाहुर

| | अनेसास इजरायल



अशोक पार्थिव तामाङ


यो शहर
चिसो रातमा
खुल्ला भुइँ भएर फैलिएको
सडक र पेटीको ब्लाङकेट ओढेर
मान्छेहरूलाई
गफ दिदैछ
बक्खुहरुको ।

आकाशमा बलेको जुनाताराहरुलाई
यो रातको जासुसी गराउँन
शहरभरि टाँगेर
खम्बा खम्बामा
ऊ भनें निदाइँरहेछ ।

साँइलोलाइ
यहि शहरले खायो
बर्षौ देखि यहिं शहरको
गल्लि र ढलहरू नापिरहेछ
बिहान देखि बेलुकीसम्म
तर गाउँ फिर्न सकेको छैन ।

उसका हजारौ रहर बोक्ने अभागी मनहरू
स्वदेश फर्किसकेहोलान् ,
तर उ बाध्यता बोकेर ज्यानको कपाल फुलाउँदैछ ।
नोबेल पुरस्कार पो पाउँनेहोकि ?
खै के सोचेको छ कुन्नी उसले
यो योजनाहिन जीन्दगीमा ?
त्यहि बेला
म पनि
जीवनका
घनघस्या र टेम्केको उकालोहरू सम्झिरहेछु
आफैमा पराजित मनहरु बोकेर ।

धनमायाको बैस
मुग्लाँनले सापटी माँग्छ
अनि
हिडँछ एक झुन्ड युवतीहरू
लुगाको झुत्रो पोको पन्तेरो बोकेर
परदेशतिर
कुनै पार्थिवहरुको
सपनाहरु पनि लाहुर हिडँछ
कलमको निब बंग्याएर
उसैगरी

अनि
गाउँको श्रीराम बाजेले
हुक्कामा चिलिम भर्छन्
लौरोको बिडँ समाउँदै
दोस्रो विश्वयुदमा
मलायामा लडेको
बहादुरी
यो मेरो तक्मा भन्दै
देखाउँछन्
अनि फ़ुर्क्याउँछन्
छोरानातीलाई पनि ।

हो त्यहि परिबेशमा हुर्किएका
थुप्रै अमरसिंहहरु , बलभद्रहरु
राहादानी बनाउँदैछन्
अचेल
भानुभक्त त के र ?
नारायणगोपाल र गोपाल योन्जनहरुले
पनि सपनाको लाहुर देख्दैछन् रे !

मेरो पुर्खाले
बिर्टिश आर्मीमा र अछाम राइफलमेन
भएर युद्ध लडेहोलान् !
तर
अहिलेको पनि युद्द चाहि युद्दनै हो
तर यो युद्द
न इतिहासमा लेखिनेछ ,
मेरो पुर्खाहरुले बहादुरीमा लडेको भने झैँ
न तक्माहरुनै पाउँनेछन
यी अमरसिंहहरुले ।

बटालियन नं. १. गाँसको युद्द लड्दैछ ।
बटालियन नं. २. बासको युद् लडदैछ ।
बटालियन नं. ३. सपनाको युद्द लडदैछ ।

सन्तानको नाममा
बुढेसकालमा
काखमा कोहि नभेट्दा
मेरी आमा छक्क् पर्दिहोलिन्
यति खेर
कस्तो होला त्यो सपनाको लाहुर भनेर ?
किनकी
म पनि त
कुनै बटालियनमा
भर्ती भएको छुनि
सपनाको लाहुरमा ।



तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

Posted by INLS Israel on 16:11. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com