गजलः बाटो अन्त काटेकै रैछ निर्मोहीले

| | अनेसास इजरायल



अशोक पार्थिव तामाङ


बाटो अन्त काटेकै रैछ , निर्मोहीले ।
सुनमा नुन साटेकै रैछ ,निर्मोहीले ।।

फोनमा नि गफ हुनै छाडिगयो ।
ढाँट्न सम्म ढाँटेकै रैछ ,निर्मोहीले ।।

माया सम्झी दिलमा सजाइदिएँ ।
फूलमा काँडा साटेकै रैछ ,निर्मोहीले ।।

फुलको बोट किन ओइलायो भन्थे !
जरा फेदमै छाँटेकै रैछ ,निर्मोहीले ।।

बैगुनीलाई किन गुण जँच्थ्यो र !
छिन्नें डोरीपो बाटेकै रैछ ,निर्मोहीले ।।


तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

Posted by INLS Israel on 03:44. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com