अधर मुस्कुराउँदा थोरै लाजले झुकेको कति राम्रो ?
-अशोक पार्थिव तामाङ
अधर मुस्कुराउँदा थोरै लाजले झुकेको कति राम्रो ?
बादलजस्तै केश फुकाइ त्यसमै लुकेको कति राम्रो ?
हिमशिखर झैं सुन्दर देखिने मुहार उनको कति राम्रो ?
उनी लाग्छिन् यती प्यारो रातमा छ जुन जती राम्रो ?
निधाँरमा टिका टाँसेर ठमठम् हिंडेको कति राम्रो ?
मिठो बोलिले यो मन पगालेको झन् कति राम्रो ?
त्यो हेराइ नँसालु पार्ने भेट दुइजनाको कति राम्रो ?
नजर नजर बात गर्दानि मद्होसी त्यो कति राम्रो ?
पाउजुको छमछम् बज्दा दिल छोएको कति राम्रो ?
ख्यालठटामै रिसाएर उनि बोलेको झन् कति राम्रो ?
खुशीको इन्द्रधनुष मनमा छाको त्यो कति राम्रो ?
प्रेमको लुछाचुँडी भएको पल झनै हो कति राम्रो?
तपेश्वरी १ , उदयपुर
( हालः इजरायल )


